सवारी दुर्घटनामा दुईको मृत्यु

प्रकाशित समय 7:19:00 PM
गोलबजार, २ बैशाख । सिरहामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  सिरहाको लहानमा शुक्रवार  भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  सिरहा मोवाही ३ बस्ने हरि नारायण साहको छोरा वर्ष २४ को जितेन्द्र प्रशाद साह र मोटरसाइकलको पछाडी सवार सोहि ठाउ बस्ने २८ वर्षीय शिव चौधरी छन् ।
पुर्वपश्चिम लोकमार्ग अन्तर्गत लहान १ बजरंग पेट्रोल पम्प नजिक धरान बाट काठमाडौं हिडेको ना.५ ख ४२०५ नम्बरको स्काइप यात्रु वाहक बसले विपरित दिशावाट आइरहेको स.८ प. ३७६० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार मोटरसाइकलमा सवार उनीहरु गम्भिर घाइते भएका थिए । गम्भिर घाइते उनीहरुको  लहानस्थित रामकुमार उमा प्रशाद स्मारक अस्पतालमा उपचारको क्रमामा मृत्यु भएको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »