मदिरा सेवनबाट मृत्यु

प्रकाशित समय 6:18:00 PM
महोत्तरी, ४ वैशाख । अत्यधिक रूपमा मदिरा सेवनबाट महोत्तरीको औरही गाउँपालिकामा एकजना युवकको मृत्यु भएको छ ।
सोमबार बिहान औरही गाउँपालिका–३ का २८ वर्षीय रामउमेद यादव आफ्नै घरमा मृत अवस्थामा ओछ्यानमा फेला परेका हुन् । आइतबार राति अबेर मृतक यादवले गाउँमा अत्यधिक मात्रामा मदिरा सेवन गरी आएको र बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको इप्रका, गौशालाले जनाएको छ ।
मृतक यादवको शरीरमा कहीँ चोटपटक नलागेको, पेट फुलेको, नाकबाट रगत आएको र मुखबाट मादक पदार्थको गन्ध आएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले यादवको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । मृतक यादवको शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »