सप्तरीका पत्रकारहरुको माग सम्वोधन गर्न प्रेस फोरमको आग्रह

प्रकाशित समय 6:20:00 PM
राजविराज, ४ वैशाख । सप्तरीका पत्रकारहरुले राखेको माग अविलम्व वार्ता र सम्वादबाट समस्या समाधान गर्न संघीय प्रेस फोरम नेपालले पत्रकार महासंघ केन्द्रीय समितिलाई आग्रह गरेको छ ।
संघका महासचिव सरोज खेलाडी मिश्रले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई गम्भीर बन्न आग्रह गरेका हुन् । माग सम्वोधनमा ढिलाई भए संघीय प्रेस फोरमले पत्रकार महासंघको नेतृत्व विरुद्ध कडा कदम उठाउन बाध्य हुने चेतावनी समेत प्रेस विज्ञप्तिमार्फत दिएका छन् ।
नेपाल पत्रकार महासंघ सम्वद्ध सप्तरी शाखाका क्रियाशील पत्रकारहरूले करिब दुई वर्षदेखि भोग्दै आएका समस्याहरूबारे पटक–पटक महासंघको केन्द्रीय समितिमा औपचारिक र अनौपचारिक रुपमा अनुरोध र पहल गर्दा पनि समाधान हुन नसकिरहेको परिस्थितीमा चार बुँदे मागहरू राखी सप्तरीबाट काठमाडौं आएर महासंघको केन्द्रीय कार्यालय, सञ्चारग्राम, काठमाडौंमा तालाबन्दी गर्दै गत चैत ३० गतेदेखि धर्ना बसिरहेकोप्रति यस संघीय प्रेस फोरम, केन्द्रीय तदर्थ समितिको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । केन्द्रीय नेतृत्वले लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाअनुरुप वार्ता र सम्वादमार्फत समस्या समाधानतर्फ गम्भीर ध्यान नदिइरहेकोप्रति दुःख र निन्दा समेत प्रेस फोरमले गरेको छ ।
सप्तरी शाखाले उठाएका जायज मागहरू सजिलै र तुरुन्तै सम्बोधन गर्न सकिने भएता पनि सम्पूर्ण क्रियाशील पत्रकारहरूको साझा र छाता सङ्गठन पत्रकार महासंघलाई नेतृत्वले नीजि संगठनजस्तो व्यवहार देखाएकोप्रति आपत्ति व्यक्त गर्दछौं’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘तसर्थ, सप्तरी शाखाले उठाएका मागहरूलाई यथासक्य छिटो सम्बोधन गरेर सम्पूर्ण पत्रकारहरूको वास्तविक साझा र छाता संगठनको रुपमा नेपाल पत्रकार महासंघको गौरवलाई बचाउन र समाजको सचेत र चौथौं अङ्गको रुपमा स्थापित तथा सम्मानित पत्रकार जगतलाई अलोकतान्त्रिक विधि, पद्धतिमा सञ्चालन नगर्न नगराउन समेत विशेष आग्रह गर्दछौं ।’ त्यसैगरी १३ बुँदे मागहरू राखेर गत चैत २३ गतेदेखि पत्रकार भावना विद्रोही आमरण अनसन बसिरहेको सन्दर्भमा समेत यस संघीय प्रेस फोरमले पत्रकार महासंघलाई गम्भीर ध्यानाकर्षण गराउँदै उठाइएकामध्ये जायज मागहरू सम्बोधनका लागि अबिलम्ब पहल गर्न गराउन समेत प्रेस फोरमका महासचिव मिश्रले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »