दाइजो कम ल्याएको भन्दै श्रीमतीलाई यातना दिने विरुद्ध मुद्दा

प्रकाशित समय 7:01:00 PM
लहान, १९ वैशाख । सिरहाको गोलबजार नगरपालिका–६ डोहोटियाकी २२ वर्षीया प्रियांका यादवमाथि बन्धन बनाएको अभियोगमा प्रहरीले उनका पति विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ।
उनका पति ओमप्रकाश भनिने दुर्गाप्रसाद यादवले आफ्नै घरमा बन्धक बनाएर ३ दिनसम्म यातना दिएको प्रहरीले जानकारी दियो । यादव विरुद्ध सोमबार सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थपिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले बताए ।
प्रियंकालाई बन्धक बनाएर निर्मम यातना दिएको थाहा पाएपछि छिमेकीहरुले उनको उद्धार गरेका थिए । त्यसपछि उपचारका लागि वैशाख ११ गते साँझ गोलबजारस्थित भूमिजा अस्पतालमा प्रियंकालाई भर्ना गरिएको थियो। विवाहमा कम दाईजो ल्याएको भन्दै प्रियंकालाई पतिसँगै ससुरा हरिनारायण यादव र सासु अमृती यादवले यातना दिएको छिमेकीहरुले बताएका छन्। काठमाडौंकी युवतीसँग प्रेम सम्बन्ध रहेका भनिएका ओमप्रकाश यादवले २०६९ सालमा सामाजिक परम्परा अनुसार विवाह गरेदेखि नै प्रियंकालाई कुटपीट तथा गालीगलौज गर्दै आएका थिए।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »