सिरहामा बस दुर्घटनामा परी चार जना घाईते

प्रकाशित समय 6:31:00 PM

सिराहा, १ जेष्ठ । सिरहाको कल्याणपुर नगरपालिका१२ स्थित बेल्हाकट्टीमा सोमबार दिउँसो बस पल्टिदा बसमा सवार चार जना घाईते भएका छन्। सिरहाबाट कल्याणपुरतर्फ जाँदै गरेको ना ४ ख ८२२९ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो। दुर्घटनामा परी बसमा सवार सिरहा कल्याणपुर नगरपालिका ४ बस्ने उर्मिला ठाकुर, चतरी बस्ने जगतारणदेवी चमार, अनितादेवी महरा र मीना कुमारी मण्डल घाईते भएकी छन्।
घाईते चारै जनालाई उपचारका लागी जिल्ला अस्पताल सिरहा पठाईएको घट्नास्थलमा खटिएको प्रहरी चौकी बेल्हाले जनाएको छ। बसमा ३५ देखी ४० जना सवार रहेका थिए।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »