बुद्ध जयन्तीको दिन सिरहाको राजदेवी मन्दिरमा हजारौं पशुपंक्षीको बली

प्रकाशित समय 8:46:00 PM

आजकै दिन बली किन प्रदान गरिन्छ ?

रामभरोसी यादव
सिरहा, २७ वैशाख । बैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ । तर, बुधबारैको दिन सिरहाको लहान नपा १५ ढोड्नाको राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली चढाइने गरिएको छ । राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण यहाँ प्रत्यक वर्ष बुधबारकै दिन हजारौंको संख्यामा पशु पंक्षि बली दिने गरिएको हो । सन्तान प्राप्ति हुने, विभिन्न रोग निको हुने जनविश्वासका कारण बली चढाउन राजदेवी मन्दिर आउनेको घुँइचो नै लाग्ने गरेको छ ।
करिब १२५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जँगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका स्वर्गिय दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दिर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए ।
स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या ट¥यो । त्यस पछि यसको महिमाको प्रचार प्रसार सँगै यहाँि वर्षेनी आजकै दिन ठूलो संख्यामा भक्तजन भेला हुने गरेको छ । यो वर्ष दुई लाख भन्दा बढी श्रद्धालु भक्तजन भेला भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख डिएसपी हिरा वहादुर पाण्डेले जानकारी दिए । मेला सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित दुई सय प्रहरी परिचालन गरिएको छ । प्रहरीले मेलाबाट विभिन्न ठाउँका आधादर्जन पकेटमारहरुलाई नियन्नत्रणमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »