सिरहामा शक्तिशाली बम विस्फोट, यातायात मन्त्री घटनास्थल अनुगमन

प्रकाशित समय 8:29:00 PM
सन्तोष यादब
सिरहा, २८ वैशाख । सिरहाको लहानस्थित सरगमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा विहीबार मध्यान्ह शक्तिशाली कुकर बम विस्फोट भएको छ । कार्यालयको दोस्रो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षसँगै टाँसिएको शौचालयमा बम विस्फोट भएको हो ।
बम विस्फोटबाट मानविय क्षति भएन भने कार्यालयको माथिल्ला तल्लाको चार वटा कोठाको वाल चर्केको छ । बम विस्फोटबाट शौचालय भने पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । मा

थिल्लो चार वटा कोठाको झ्यालको सबै सिसा फुटेको छ भने कतिपय झ्याल समेत भत्कियो । बम विस्फोट हुँदा कार्यालय प्रमुख ओमकार प्रसाद न्यौपाने कार्यकक्षमै थिए । उनलाई सामान्य चोट लागेको छ ।
बम विस्फोटपछि कार्यालयमा भागाभाग मचेको थियो । बमको ठूलो आवाज आएको र भवन नै थर्किएपछि कार्यालयमा भएका सयौं सेवाग्राही र कर्मचारीहरु बाहिर निस्केका थिए । घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थल पुगेका थिए ।
बम विस्फोटबाट भीआरएस तथा डीएलआरएसको सर्भरमा समस्या आएको छ । सर्भरमा आएको समस्याका कारण कार्यालयले विहीबारको लागि कामकाज ठप्प भएको सूचना प्रकाशित गरेको छ । बम विस्फोट हुँदा कार्यालयका कर्मचारीहरुमा त्रास पैदा भएको छ ।
बम विस्फोटको जिम्मेवारी कसैले लिएन बम विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न सकेका छैन् । अहिलेसम्म कुनै समूहले पनि बम विस्फोटको जिम्मेवारी लिएका छैन् । बम विस्फोट कसले र किन गराएको भन्ने विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख तथा डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।
यातायात कार्यालयमा चौविसै घण्टा सुरक्षार्थ नेपाल प्रहरी खटेका हुन्छन् । तर कार्यालयको माथिल्लो तल्लामा कुकर बम कसरी लग्न सम्भव भयो भन्ने जिज्ञासामा डिएसपी पाण्डे भन्छन, यो अनुसन्धानको विषय हो अनुसन्धान भइरहेको छ । अहिले केहि भन्न सकिदैन ।
यातायात राज्यमन्त्रीद्धारा अनुगमन बम विस्फोट भएको बेला यातायात व्यवस्था राज्यमन्त्री सिताराम मेहता लहानमै आफ्ना काँग्रेस कार्याकर्तासँग भेटघाटमा व्यस्त थिए । बम विस्फोटको ठूलो आवाज आएपछि मात्र मन्त्री मेहतालाई थाहा भयो यातायात कार्यालयमा बम विस्फोट भयो । थाहा पाएलगत्तै मन्त्री मेहता कार्यालयको अनुगमन गरे । मन्त्री मेहतासँगै सिरहाका एसपी शेखर कोइराला र काँग्रेस साँसद रामचन्द्र यादब पनि यातायात कार्यालय पुगेका थिए । साँसद यादबले माथिल्लो तल्लामा कसरी बम ल्याएर राख्न सम्भव भयो भन्ने प्रश्न गर्दै सुरक्षाकर्मीको कमजोरी भएको बताएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »