सामुहिक तरकारी खेती गर्दै मुसहर वस्ती

प्रकाशित समय 6:25:00 PM
शम्भु यादब
सप्तरी, २९ बैशाख । सधैँ ज्याला÷मजदु


री गरी जिवीका चलाउने सुरुङ्गा नगरपालिका ९ टिकुलियाका १४ घर परिवार मुसहर वस्तीले दिनाभद्री कृषक समहु गठन गरेर सामुहिक तरकारी खेती गरिरहेका छन् । तरकारी खेतीबाट राम्रै आम्दानी गरिरहेको उनीहरुले बताएका छन् ।
पहिले मजदुरी गर्न अरुको खेतमा जान्थे । एकछिन आराम गरियो कि मालिकको गाली सुन्नु पथ्र्यो । अहिले त आफ्नै काम भएपछि सजिलो भएको कोशिला सदायले सुनाईन् । अरुवेला गाउँकै कसैको खेतवारीमा तरकारी टिपन जाँदा मानिसहरु नराम्रो भन्थ्यो । आफ्नै तरकारी खेती भएपछि मौसम अनुसारको तरकारी खान पनि पाइन्छ । बेच्ने पनि गर्छु उनले भनिन् । काम अनुसार ज्याला पनि पाउदैन्थे, अब त्यो भन्दा राम्रो भएको उनले थपिन् ।
तरकारी खेतीको आम्दानी छोराछोरीको पढाई, घर खर्च पनि धान्ने गरेको ५५ वर्षीय वासो सदायले बताईन् । रक्सी खानेहरुको पनि अहिले खेतीको चिन्ता बढी छ । धेरैले रक्सी पनि छोडेको उनले सुनाईन् । तरकारी खेती गर्न थालेपछि अरु समुदायको व्यक्तिहरुले पनि आफुहरुलाई सम्मान गरिरहेको उनले थपिन् । गाउँकै हाट बजारमा तरकारी विक्री वितरण गर्ने गरेको उनले भनिन् ।
सामुहिक तरकारी खेतीका लागि उनीहरुलाई ३२ कठा जग्गा ३ वर्षका लागि ‘लिज’ सेभ द चिल्डे«नको सहयोगमा सवल नेपालले उपलब्ध गराई दिएका छन् । बेमौशमी तरकारी खेतीका लागि उनीहरुलाई विउ÷विजन पनि सहयोग गर्ने गरेको सवल नेपालका फिल्ड अफिसर निरबहादुर आले मगरले बताएका छन् । तरकारी खेतीका लागि प्राविधिक सहयोग पनि संस्थाले गर्दै आएका छन् । कृषि सामग्री, खाद्य÷मल, तालिम लगायत सहयोग गर्दै आएको फिल्ड अफिसर मगले सुनाए ।
मुसहर समुदायलाई आत्म निर्भर बनाउनका लागि तरकारी खेतीतर्फ उन्मुख गराउन लागेको उनले सुनाए । अरु खेतवारीमा काम गर्न जाँदा आफ्ना वालवालिकालाई समयमा विद्यालय पठाउन र स्वस्थ्य खानेकुरा पनि खुवाउन नसकेकोले मुसहर समुदायले सुनाएपछि उनीहरुलाई तरकारी खेती गर्न मद्दत गर्न थालेको सवल नेपाल जनाएको छ । तरकारी खेती गर्न थालेपछि आफ्नै खेतीका तरकारी खान पनि पाइन्छ र त्यसकै आम्दानीले छोराछोरीलाई पढाउन पनि सहयोग पुगेको मुसहर समुदायका व्यक्तिहरुले सुनाएका छन् । ‘एक घरपरिवार, एक तरकारी’ उब्जाउन सके अझै राम्रो हुने उनीहरुले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »