हत्याको आरोपमा पक्राउ परेका राय दम्पति पुर्पक्षका लागि कारागार चलान

प्रकाशित समय 7:05:00 PM
राम नारायण पंडित
सिरहा, ३१ बैशाख । सिरहाको मिर्चैया ८ मझौवा बस्ने २७ बर्षीय प्रदिप रायको हत्याकाण्डका दुई जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सिरहाले आइतबार हत्याकाण्डका आरोपी प्रदिप रायको आफ्नै सहोदर दाजु करीब ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीय निरो देबी रायलाई पुर्पक्षका लागि सिरहा जिल्ला कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।
आफ्नै घर मिर्चैया ८ मझौवामा सुतिरहेको अबस्थामा २०७३ फाल्गुन १७ गते राति घरमा आगलागि हुँदा घरको कोठामै प्रदिपको जलेर मृत्यु भएको थियो । घटनाको अनुसन्धान गर्दै जादाँ प्रदिपको आफ्नै दाजु फुलगेन र भाउजु निरो देवीको योजनामा हत्या भएको देखिएकोले दुवै जनालाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएका डिएसपी बज्राचार्यले जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »