प्रहरीसंगको सहकार्यले समुदाय सुरक्षित

प्रकाशित समय 9:50:00 PM
सिरहा, २५ बैशाख । भनाई छ बन्दुकलाई सुरक्षा गर अनि बन्दुकले तिमीलाई सुरक्षा गर्छ त्यसैले प्रहरीसंग सहकार्य गरौं अनि प्रहरीबाट समुदाय सुरक्षित महशुश गर्छ भनि निष्कर्ष आजको नागरिक प्रहरी संवादले निष्कर्ष निकालेका छन् । गाविस थलहा कटहाको सामुदायिक मेलमिलाप केन्द्रमा सामुदायिक मेलमिलाप समितिको अध्यक्ष उमाकान्त साहको अध्यक्षतामा प्रहरी र नागरिक बिच भएको संयुक्त संवादमा उक्त निष्कर्ष निकालेका हुन् ।
थलहाका सिमान्तकृत समुदायको महिला एवम् नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च, सामुदायिक मेलमिलाप समिति, महिला निगरानी केन्द्रका साथै अन्पसंख्यक समुदायहरुबाट १८ र ३ प्रहरी सहायक निरक्षक नरसिंह लेखि सहित ३ जनाको उपस्थितीमा भएको संवादमा स्थानिय सामाजिक अपराधको सवालहरु पहिचान गर्नुको साथै विद्यमान रहेका न्यायिक प्रकृयाबारे बृहत छलफल गरिएको थियो । छलफल ४ वटा समुहमा समुहकार्य गरि गरिएको थियो । समुह कार्यमा नागरिक र प्रहरीको भूमिका लगायत एक आपसले राखेको अपेक्षा समेत छलफल गरिएको थियो ।
छलफलमा सामाजिक अपराध न्यूनीकरणको लागि भविष्यमा गर्नुपर्ने सहकार्य र तत्कालै गर्नुपर्ने कार्यबारेमा छलफल गरिएको थियो । छलफलमा बालविवाह विरुद्ध सडक नाटक, लागुऔषध विरुद्ध सचेतना कार्यक्रम, बैदेशिक रोजगारमा गएका जोडीहरुको लागि संवाद कार्यक्रम, नागरिक र प्रहरीको सवाल जवाफ जस्ता कार्यहरु प्रहरी संग मिलेर गर्नुपर्ने औल्याएका थिए । उक्त कार्य गर्न संवादमा नागरिक र प्रहरीको ७ सदस्य कार्यदल समेत गठन गरेका छन् । समितिमा शिव कुमार महरा, गिता सदाय, मंजु साह, कोशल्या यादव, नरसिंह लेखि चौधरी, सुरेन्द्र राम, राजेश सिंह रहेका छन् ।
कार्यक्रममा यर्थात सुचना समयमा प्रहरीलाई जानकारी नभएकै कारण समाजमा विभिन्न किसिमको सामाजिक अपराध हुनेगरेको कुरा प्रहरीले औल्याएका थिए । समाजमा सकारात्मक तथा नकारात्मक जुनसुकै घटना भए पनि प्रहरीलाई जानकारी दिन हुन अनुरोध प्रहरी सहायक निरक्षक नरसिंह लेखि चौधरीले गरेका थिए ।
कार्यक्रम यूकेएडको आर्थिक सहयोगमा सर्च फर कम्मन ग्राउण्ड र दलित जन कल्याण युवा क्लबको साझेदारीमा संचालित पहुँच परियोजना अन्तर्गत उक्त संवाद कार्यक्रमको आयोजना गरिएको थियो । संवादको संचालन परियोजनाको सामाजिक परिचालक दिपेन्द्र यादवले गरेका थिए भने सहजीकरण परियोजना संयोजक अशोक कुमार कामतीले गरेका थिए । कार्यक्रममा परियोजनाबारे सर्च फर कम्मन ग्राउण्डको राजेश लोहनीले गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »