परिवारलाई राहतस्वरुप १० लाख प्रदान, छानबिन गर्न उच्चस्तरीय आयोग गठन
सप्तरी, ३ जेष्ठ । नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ ।

प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । उनीहरु सबैलाई सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको हो । सहिद परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहतस्वरुपको रकम समेत गृहमन्त्री निधिले बुधबार राजविराजमा हस्तान्तरण गरे ।
मन्त्री निधिले मलेठ घटनाको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन भएको र उक्त आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।
