बिस्फोटको जिम्मा गोईत समूह

प्रकाशित समय 6:30:00 PM
लहान, २९ बैशाख । सगरमाथा अञ्चल यातायात कार्यालयमा लहान सिरहामा बिहिबार भएको शक्तिशाली कुकर बम विस्फोटको जिम्मा अखिल तराई मुक्ति मोर्चा (गोईत) समूहले लिएको छ ।
बम विष्फोटले कार्यालय भवनको माथिल्लो तल्लामा सामान्य क्षती भएको थियो भने माथिल्लो तल्लाको क्याविन संगै टाँसिएका शौचालयमा बम बिस्फोट हुदाँ शौचालय पूर्ण रुपले क्षति भएको छ भने कार्यालयमा प्रयोग भई रहेको सपटवेरमा समस्या भऐका यातायात कार्यलयका प्रमुख ओमकार प्रसाद न्यौपानेले बताए न्यौपानेका अनुसार बम विष्फोट विहिबार करीव अपरान्ह १२ बजेको समयमा भएको थियो।
बम विष्फोटका कारण कार्यलयको सम्पूर्ण कामकाज ठप्प भएको छ । विस्फोटका कारण त्यहाका कर्मचारीहरु संगै आसपासका स्थानीयवासीहरु समेत त्रसित भएका छन । यसै बीच ईलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डेका अनुसार स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा निर्वाचन बिथोल्ने धम्की दिइरहेको तराईमा सशस्त्र गतिविधि गरिरहेका जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले बम विष्फोटन गराएको जिम्मा लिएको बताए ।
यता स्थानियहरुका अनुसार यातायात कार्यालय लहानले सवारी चालक अनुमति पत्रमा व्यापक अनियमिता गरिरहहेको र मोटो रकम लिई बिचौलिया मार्फत लाईसेन्स दिइएको ले वम विस्फोट गराईको हुन सकने स्थानियहरुले बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »