टि–ट्वान्टीमा सिरहा एकेडेमी विजय

प्रकाशित समय 8:14:00 PM

३० हजार नगद सहित ट्रफी प्रदान

सुरेन्द्र कुमार कामति
सिरहा, ६ जेष्ठ । नयाँ वर्षको अवसरमा सुरु भएको टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सिरहा क्रिकेट एकेडेमी ६१ रनले विजयी भएको छ । सदरमुकाम सिरहाको सूर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेल मैदानमा शनिबार सम्पन्न फाईनल खेलमा सिरहा विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन जोडेको थियो । सिरहाका निरज यादवले ४७(२९), अशोक यादव २७(३३) रन बनाएका थिए । जनकपुरका अभिलेशले ३ विकेट लिएका थिए । १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर २५ ओभरमा ८१ रनमै पेभेलियन फर्किए । जनकपुरलाई सस्तोमा समेट्ने क्रममा सिरहाका रुपेशले ४ र निरज यादवले ३ विकेट लिएका थिए । जनकपुरका नौसादले १७(२३) योगदान गरेका थिए ।
प्रतियोगिताको प्लेयर अफ दि सिरिज र फाईनल सिरहाका निरज यादव घोषित भए । ५ हजार नगद सहित ट्रफी प्रदान गरिएको छ । यस्तै उत्कृष्ट बलर सिरहाका मुकेश यादव र प्रदिप पण्डितलाई संयुक्त रुपमा प्रदान गरिएको छ भने उत्कृष्ट ब्याट्सम्यान जनकपुरका अभिलेश घोषित भए ।
विजेता सिरहालाई ३० हजार नगद सहित ट्रफी र उपविजेता जनकपुरलाई ट्रफी प्रदान गरिएको सिरहा क्रिकेट एकेडेमीका प्रशिक्षक विकल विष्टले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »