गत शुक्रबार बजारतिर आउँदै गरेका वृद्ध साहलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएपछि उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । ‘सञ्चो भएँ, अब घर जान्छु’ भन्न थालेपछि डिस्चार्ज गरिएका साहको शनिबार दिउँसो मृत्यु भएपछि कानुनी प्रक्रिया पूरा गरी सिरहा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख प्रहरी नायव निरीक्षक मुन्ना सिंहले बताए।
वृद्धलाई ठक्कर दिई फरार रहेको ८८६१ नं. को अपाचे मोटरसाइकलको खोजी भइरहेको प्रहरी नायव निरीक्षक सिंहले जानकारी दिए। त्यसैगरी, सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका ५ स्थित इनरुवा गाउँको भित्री सडक खण्डमा शनिबार राति ट्रयाक्टर पल्टिएर दुर्घटना हुँदा घाइतेमध्ये एकजनाको मृत्यु भएको हो । गाउँतिर जाँदै गरेको स. १ त २९७३ नम्बरको ट्रयाक्टर राति साढे ९ बजेतिर अनियन्त्रित भई पल्टिँदा घाइते भएका भगवानपुर गाउँपालिका ५ का १६ वर्षीय शिवनारायण मण्डल र १७ वर्षीय अमर मण्डल गम्भीर घाइते भएका थिए।
दुवै घाइतेलाई थप उपचारका लागि लहानतर्फ ल्याउने क्रममा अमरको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घाइते शिवनारायणको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रयाक्टर र चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
