चुनावलाई आन्दोलनकै मोर्चाको रुपमा प्रयोग गर्नुपर्छ ः उपेन्द्र यादव

प्रकाशित समय 7:41:00 PM
गोलबजार, ८ जेष्ठ । सदन, सडक र चुनावी आन्दोलन जारी रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएको छ । सोमवार सिरहाको विष्णुपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै मधेसीहरुको लडाई जारी रहेको भन्दै चुवनाव पनि एक प्रकारको आन्दोलनकै मोर्चा रहेको बताए ।
आफ्नो गुमेको अधिकार पुनःस्थपना गर्न चुनावमा जानुको विकल्प नरहेको अध्यक्ष यादवले बताए । उनले संविधान संशोधनको लागि पनि हामीले आफ्नो गुमेको अधिकार चुनावमार्फत पुनःस्थापना गर्न जरुरी रहेको भन्दै मधेसवादी सवैदलहरुलाई पनि चुनावमा होमिन आव्हान गरे ।
राज्यले मधेसीमाथि गरेको अत्याचारप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष यादवले राज्यले मधेसी जनातामाथि बर्र्साएको बुलेटको जवाफ व्यालेटबाट दिने वेला आएको बताउँदै चुनावको जानुको विकल्प नरहेको औंल्याए । उनले आफ्नो पार्टी दोस्रो चरणको चुनावमा जान तयार रहेको भन्दै मधेसवादी अन्य पार्टीहरुलाई पनि चुनावको उपयोग गर्न आग्रह गरे ।
अध्यक्ष यादवले अहिले गणतन्त्र र संघियता विरोधी शक्तिहरु सलबलाकोले संघीयता रक्षा गर्न चुनावबाट नयाँ शक्ति आर्जन गर्नु जरुरी रहेको बताए । मधेस आन्दोलनकै बलमा स्थापना भएको संघीयता भाँड्न अहिले विभिन्न तत्वहरु सक्रिय भएको छ, त्यसको रक्षा जनआदेश जरुरी भएको यादवले बताए ।
जिल्ला समिति सिरहाका अध्यक्ष बादल प्रसाद यादवको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजलाल यादव, शत्रुधनप्रसाद सिंह कोइरी, सभासद तथा केन्द्रिय सदस्य वीरेन्द्र प्रसाद महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी पाँच सय भन्दा बढीको संख्यामा जनसमुदाय पार्टी प्रवेश गरेको आयोजकले जनाएको छ । प्रचण्ड गर्मीका बाबजुत नेता उपेन्द्र यादवको धारणा बुझ्न उल्लेख्य मात्रामा जनसहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »