चुनावकै दिन नेपाल–भारत सीमामा समातिए मुजाहिद्दिनका आतंकवादी

प्रकाशित समय 7:34:00 PM
काठमाडौँ, ३१ वैशाख । नेपालका तीनवटा प्रदेशमा स्थानीय तहको चुनाव जारी रहेको नेपाल–भारत सीमाबाट हिजबुल मुजाहिद्दिनका एक आतंकवादी पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमको दाबी छ, नेपालको बाटोबाट भारत छिर्ने प्रयास गरिरहेका ३४ वर्षीय नासिर अहमद पक्राउ परेका हुन् ।
अहमदलाई सीमा सुरक्षा बल (एसएसबी) ले सुनौली नाकाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
कश्मिरी सल व्यापारी बनेर उनी भारत छिर्ने प्रयासमा रहेको एसएसबीले जनाएको छ । उनीसँग परिचयपत्र माग्दा दिन नसकेपछि उनलाई पक्राउ गरिएको थियो ।
उनी सन् २००३ देखि पाकिस्तानमा रहेको समाचारमा उल्लेख छ । रुपन्देही प्रहरीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएको छ। यसअघि, आइएसएससँग सम्बन्ध रहेको एक इरानी नागरिक पनि नेपालबाट पक्राउ परेका थिए ।–एजेन्सी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »