लहानमा इन्सेकको अन्तरक्रिया सम्पन्न

प्रकाशित समय 6:43:00 PM
लहान, ५ जेष्ठ । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कायालय बिराटनगरले सेवा प्रदायक र सेवाग्राहीबिच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गरेका छन् । कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय, पत्रकार, मानवअधिकारकर्मी, संघसंस्थाका प्रतिनिधि,  मानवअधिकार निगरानी समुहका सदस्य, बाल कल्बका सदस्य लगायतको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको प्रमुख आत्तिथ्यमा संचालित उक्त कार्यक्रममा जिल्ला विकास समिति सिरहाका स्थानिय विकास अधिकारी सुरेश राउत, कृषि कायालय प्रमुख डा रामचन्द्र यादव, सिरहा अस्पतालका प्रमुख डा. चुमनलाल दास, शिक्षा अधिकारी अरबिन्द लाल कण,  महिला विकास अधिकृत अनिता तामाङ लगायतको सहभागितामा खाद्य सुरक्षा र सरोकारवालाको भुमिका बिषयमा छलफल गरेका छन् । इन्सेकले सिरहाको महेशपुर पतारी र सितापुर प्र.ध.मा शिक्षा, स्वास्थ्य र खाद्य सम्बन्धी कार्यक्रम संचालन गर्दै आएका छन् । गाविस स्तरमा मानवअधिकार निगरानी समुह गठन कार्यक्रम गर्दै आएका हो ।
जिल्ला र गाउँको सम्बन्ध कम रहेकोले स्थानीयले उठाएको मुद्दा जोड्ने पुलको काम मानव अधिकार निगरानी समुहले गरिरहेको इन्सेक क्षेत्रिय संयोजक सोमराज थापाले बताए । सितापुरकी सुनिता साहले गाउँको विद्यालयमा समयमा शिक्षक नआउने र स्वास्थ्य संस्था पनि समयमा नखुल्ने गरेको गुनासो गरेका थिए ।
यस्तै, गंगा अधिकारीले सामुदायिक विद्यालयमा छोरीलाई पढाउने नाममा भर्ना गरी ठुलावडा राजनीति गरिरहेको सुनाएका थिए । कार्यक्रममा सहभागी श्याम कुमारी साहले स्वास्थ्य संस्थामा औषधीको विवरण, नागरिक वडा पत्र नझुन्डयाएकोले सेवाग्राहीहरुलाई समस्या भइरहेको बताए ।
शिक्षा अधिकारी कर्णले आफु आएदेखी यहाँका सबै विद्यालयहरु तिव्र रुपमा अनुगमन गरिरहेको बताए । आफु कहाँ आएको सुचनाको आधारमा तुरुन्त कारवाही गर्ने गरेको उनले सुनाए । अनुगमनका क्रममा विकृतिहरु फेला परेका छन् । ती विकृतिहरु हटाउने कार्य भइरहेको उनले बताए ।
यस्तै, जिल्ला अस्पताल सिरहाका प्रमुख साहले सबै स्वास्थ्य संस्थामा वोर्ड, नागरिक वडा पत्र तथा निःशुल्क रुपमा पाउने औषधीको विवरण देखिने गरी राख्नको लागि निर्देशन गरिसकेको बताए । केही दिनभित्रै जिल्लामा संचालित नर्सिङ्ग होम, क्लिनिकहरुको अनुगमन पनि थाल्ने उनले बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सबैलाई आ–आफ्नो ठाउँबाट इमान्दारी पूर्वक काम गर्नलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »