दाइजो कम ल्याएकी भन्दै घर निकाला गरिकी विमलाले कहिले न्याय पाउ“लिन् ?

प्रकाशित समय 8:18:00 PM
शम्भु यादव
लहान, २ जेष्ठ । २०७२ जेष्ठ १७ गते जानकीनगर–८ श्रीपुरकी विमला कुमारी यादवका लागि खुशीको दिन थियो । किनभने उनी अर्नमा गाउँपालिका–५ (साविक कृष्णपुर–७) सरोज यादवसँग हिन्दु परम्पारा अनुसार वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । विवाह खुशीका साथ नै सम्पन्न भयो । विवाहमा दाइजोसहित, भोजभतेर र सरसमान गरी १४ लाख भन्दा बढी खर्च भएको विमलाका बुबा लक्ष्मेश्वर यादवले सुनाए । दाइजोमा पाँच लाख नगद, मोटरसाइकल बराबरको थप दुई लाख दिएको र एक तोला सुन पनि कबोल गरेका थिए । विवाहको दिन आधी तोला सुन दिए । अरु सुन बाँकी थियो । पैसाको अभावले पछी दिन्छु भनेर सम्धीलाई आग्रह गरेका थिए, लक्ष्मेश्वर यादवले बताए ।
तर, त्यही बाँकी आधी तोला सुनका कारण विमलाको खुशी धेरै दिनसम्म रहेनन् । उनीमाथि वर्ष दिन नपुग्दै ससुरामा कुटपिट, गाली÷बेइज्जती श्रृखंल्ला नै सुरु भयो । कुटपिट पटक–पटक हुनथालेपछि उनी न्यायका लागि प्रहरीमा पुगे । प्रहरीमा पुगेपछि उनी घरबाट निकाला गरिएका छन् । परिवारजनले घरको झगडालाई किन प्रहरीमा गयो ? भनेर घर निकाला गरिदिएको पिडित विमलाले सुनाईन् ।
घरमा जेठाजु, देवर, जेठानी, सासु सबैले पटक–पटक कुटपिट गथ्र्यो । धेरै दुःख दिदैँ छन् । खान, लगाउन पनि समस्या दिन्छ । उजुरी गर्न जिल्ला प्रहरी गए । प्रहरीले छलफल गरिदियो । केही निर्णय भएन् । घर फर्किए । प्रहरीमा किन उजुरी गरेको भन्दै घरको सबै जनाले घरबाट निकालिदियो । आफु बस्ने कोठामा ताला लगाइदिएको छ । अब कसरी र कहाँ बस्ने ? पिडित विमला भन्छिन् ।
सरोजसँग वैवाहिक बन्धनमा बाँधिएकी विमलाको विवाह दर्ता र नागरिता समेत बनाइ दिएको छैन् । श्रीमान् पनि सम्पर्क विहिन भएका छन् । पटक–पटक कुटपिट हुँदा गाउँ तथा प्रहरीसमेत छलफल भएको तर पनि कुटपिट नरोकिएपछि न्यायका लागि प्रहरीमा जाँदा परिवारजनले उनी बस्ने कोठामा ताला लगाई घरबाट निकाला गरिदिएपछि विमला माइतीको संरक्षणमा अहिले बसिरहेको छ ।
पिडित विमलाको बुबा लक्ष्मेश्वर यादवले, ‘छोरीलाई कुटपिट भएको खबर सुनेर सम्धी गाउँकै मानिसहरुलाई सामाजिक छलफल गराए । छलफल भएपनि विमलाका ससुरा घरमा बस्न दिनलाई नमानेपछि गाउँलेहरु न्यायका लागि प्रहरी÷प्रशासनमा जानलाई सुझाए । प्रहरीमा उजुरी दिए । प्रहरीले उनीहरुलाई झिकाए । प्रहरीले उनीहरुलाई विवाह दर्ता र  नागरिता बनाएर घरमा राख्नु पर्ने भनेका थिए । तर, विमला ससुरा पक्षकाले विवाह दर्ता र नागरिता बनाउने तयार छैन् । घर निकाला नै गरी दिए ।
श्रीमान्समेत सम्पर्कविहिन भएको र परिवारजनबाट घर निकालामा परेकी विमला अव कसरी न्याय पाउन सक्छ त ?
विमलामाथि भएको कुटपिटको शिलशिला
२०७३ बैशाख १८ गते पहिलो पटक आफुलाई कुटपिट गरेको पिडित विमलाले सुनाईन् । गाउँका मानिसहरुले छलफल गरेर घटना मिलाई दिएको थियो । त्यसपछि माघ २ गते देखी लगातार आफुमाथि कुटपिट हुन् थालेको उनले बताईन् । माघ ७ गते प्रहरीमा उजुरी गरे । उजुरीपछि श्रीमान्, ससुरा र सासु भारत भागेको उनले सुनाईन् । भारतको महुलीया विमलाकी सासुको माइती हुन् । १७ गते माघमा प्रहरीमा आफैँ विमलाका ससुरा उपस्थित भए । प्रहरी समक्ष विमलाका ससुरा उपेन्द्र यादवले फाल्गुन ५ गतेभित्र नागरिता र विवाह दर्ता बनाई दिने सहमति गरेका थिए । सहमति अनुसार सबै घर फर्किए ।
माघ २२ गते परिवारजनले उनलाई अलग गरिदिए । झन दुःख दिन थाल्यो । त्यसको भोलीपल्ट कुटपिट गरेको उनले सुनाईन् । फेरी माघ २४ गते प्रहरीमा उनी पुगिन् । २५ गते उनको श्रीमान् सरोजलाई प्रहरी केही घण्टा थुनामा राखेको थियो । फेरी विवाह दर्ता र नागरिता बनाई दिने सर्तमा छलफल गरी सहमतिपछि सबै घर फर्किए । उनको परिवारजनले त्यसको दुई दिनपछि माघ २७ गते सरोजलाई भारत भगायो ।
त्यसपछि सरोजका बुबा उपेन्द्रले प्रहरीमा पटक–पटक छोरालाई झिकाउने कागज गथ्र्यो । तर आफुलाई विवाह दर्ता र नागरिता नबनाई दिएको विमला बताईन् ।
बैशाख १६ गते फेरी सासु रामप्यारी, देवर मात्रिका, जेठाजु प्रमोदले कुटपिट गरेको उनले सुनाईन् । १७ गते प्रहरीमा उजुरी गरे । बैशाख १९ गते सबैलाई छलफलमा बोलायो । त्यही दिन देवर मात्रिका र जेठाजु प्रमोदलाई पक्राउ गरी थुनामा राख्यो । उता प्रहरीले उनका देवर र जेठाजुलाई पक्राउ गरेपछि साँझ घर फर्केकी विमलालाई सासु, ससुरा र जेठानीहरुले घरबाट निकाला गरिदिएको उनले बताईन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »