क्षमता भन्दा दोब्बर यात्रु

प्रकाशित समय 6:32:00 PM
सन्तोष कुमार साह
सुखिपुर, २९ वैशाख । क्षमता भन्दा बढी यात्रुबोकी यात्रुबाहक सवारी साधनहरु खुलेआम सडकमा गुडाईरहेका छन । दिन प्रतिदिन बढदो सवारी दुर्घटना न्यूनीकरणकोे लागी सडकका बिभिन्न ठाँउहरुमा ट्राफिक प्रहरी तथा प्रहरी चेकपोष्टहरु राखेका छन् ।
सुखिपुर बरियापट्टी सडक खण्डमा सुखिपुरमा जिल्ला ट्राफिक प्रहरीे लहानले एक वर्ष भन्दा बढी समय देखी अस्थाई चेकपोष्ट राखेका छन् तर सो सडक खण्डमा ट्राफिक प्रहरीकै मिलोमतोमा क्षमता भन्दा बढी यात्रु बोकी गाडीहरु गुडाईरहेका स्थानिय श्रवण यादबले बताए ।
सो सडक खण्डमा एक–एक घण्टाको अन्तरालमा वस चल्दा क्षमता भन्दा बढी यात्रु बोकि गुडाउनु परेको स्थानियहरु बताउ छन् । स्थानियका अनुसार यस सडक खण्डमा चार पाँच वटा बस छन् तर सो बस एक दुई घण्टाको फरकमा चल्दा निकै समस्या हुने गरेका छन् ।
म्याजिक तथा टेम्पुलाई बस साहुजी तथा बस व्यवसाय संघले चल्न नदिई आफु क्षमता भन्दा बढी यात्रु बोकी चलाउने गरेको म्याजिक साहुजीहरुका आरोप रहेका छन् । सडकको अवस्था निकै खराब रहेको हुदाँ क्षमता भन्दा बढी यात्रुबोकी गुडाउदा दुर्घटना हुने सम्भवना बढी रहेको स्थानिय सुरेश चौधरीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »