लहानमा वृद्धको हत्या

प्रकाशित समय 8:30:00 PM
सिरहा, २८ वैशाख । सिरहाको लहान नगरपालिका– ३ मा रहेको एक सः मिलमा बुधबार राती हत्या गरिएका चौकीदार वृद्धको शव पोष्टमार्टम गर्न धरान पठाइएको छ। अनुहार र टाउकोमा काठको चिर्पटले प्रहार गरी हत्या गरिएको आशंका गरिएका वृद्धको शव परिवाजनको आग्रहमा बिहीबार दिउँसो पोष्टमार्टमका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक युगेश्वर राउतका अनुसार लहान– ३ घर भएका अन्दाजी ७० वर्षका बिल्टु महतोको शव सोही स्थानमा रहेको सन्तोष सः मिलमा हत्या गरी खाटमुनि घोप्टो परेको अवस्थामा भेटिएको थियो। राजकुमार महतो र रघुनाथ महतोले बेचन यादवबाट ठेक्कामा संचालन गरिरहेको उक्त सः मिलमा हत्या गरिएका वृद्ध महतो पछिल्लो एक महिनादेखि मात्र काम गरिरहेको पाइएको प्रहरी निरीक्षक राउतले जानकारी दिए। हत्याको कारण नखुले पनि व्यक्तिगत रिसइवीले हत्या भएको आशंकाको आधारमा प्रहरीले घटनास्थल प्रकृति मुचुल्का र अन्य सूचना संकलन गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राउतले बताए। प्रहरीले अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »