नायिका रिमा लागूको हृदयघातका कारण मृत्यु, थुप्रै फिल्ममा निभाएकी थिइन् आमाको भूमिका

प्रकाशित समय 8:30:00 PM
‘हम आपके हे कौन’ समेत थुप्रै फिल्ममा अभिनय गर्ने नायिका रिमा लागू (५९) को निधन भएको छ । छातीमा अत्यधिक पीडा भएपछि उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राती ३ बजेर १५ मिनेटमा उनले अन्तिम सास लिइन् ।
रिमाले हिन्दीका साथै मराठीमा पनि काम गरेकी थिइन् । उनले सलमान खानका थुप्रै फिल्ममा उनकी आमाको भूमिका निभाएकी थिइन् । यीमध्ये ‘मेने प्यार किया’, ‘आशिकी’, ‘हम आपके हे कौन’, ‘वास्तव’, ‘कुछ कुछ होता है’ र ‘हम साथ साथ हे’ जस्तो फिल्ममा अभिनय गरेकी थिइन् ।
टेलिभिजन सिरियलमा पनि काम गरिनः
रिमाले टेलिभिजन सिरियल ‘तू तू मे मे’ मा पनि काम गरिन् । सिरियलमा सासू बुहारीको लडाईंलाई दर्शकहरुले निकै मन पराए ।
रिमा लागूको वास्तविक नाम गुरिन्दर भदभदे थियोः
रिमाको जन्म सन् १९५८ मा मे १८ तारिखमा भएको थियो । उनको वास्तविक नाम गुरिन्दर भदभदे थियो । रिमाकी आमा मन्दाकिनी भदभदे पनि नायिका थिइन् । रिमाको विवाह मराठी नायक विवेक लागूसँग भएको थियो । विवाह पछि उनले आफनो नाम रिमा लागू राखेकी थिइन् ।–एजेन्सी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »