कक्षा ११ को परीक्षा फेरि स-यो

प्रकाशित समय 8:09:00 PM
भक्तपुर, ३ जेष्ठ । कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो ।
यसअघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गरिएको हो ।
‘देशको विशेष परिस्थितीका कारण मिति परिवर्तन गर्नु परेको हो, तोकिएको मितिमा सफलतापूर्वक परीक्षा सम्पन्न गर्न बोर्ड तयार छ,’ परीक्षा नियन्त्रक डम्बर कुमार बतासले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »