सिरहा, ४ जेष्ठ । सिरहाको लहान नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्ने सरकारसँग यहाँका सम्पूर्ण राजनीतिक दलले माग गरेको छ । लहान नगरपालिकालाई उपमहानगरपालिका बनाउन आज यहाँ बसेको सर्वदलीय बैठकले सरकारसँग माग गरेको हो ।

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउन यहाँका सबै राजनीतिक दलका प्रतिनिधिहरु भोली नै राजधानी काठमाडौं पुग्नेछन् । पूर्वपश्चिम राजमार्गको बीचमै रहेको लहान नगरपालिका २०३२ सालमै स्थापना भएको हो । २५ वडा रहेको लहान नगरपालिकाको जनसंख्या करिब १ लाख २५ हजार रहेको छ । यहाँ राजा सलहेस फुलवारी (जहाँ वैशाख १ गते मात्र फूल फूल्छ), पञ्चाबती राजदेवी मन्दिर (जहाँ बुद्ध जयन्तीकै दिन लाखौं पशुपंक्षको बली चढ्छ), मानिक दह, पकडिया गढ जस्ता दर्जनौं प्रसिद्ध पर्यटकीय स्थल छ ।
