पहिलो चरणको मतदान ७१ प्रतिशत ः निर्वाचन आयोग

प्रकाशित समय 7:18:00 PM
काठमाडौं, ३१ वैशाख । निर्वाचन आयोगले तीन प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा कम्तीमा ७१ प्रतिशत मतदान भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले तीन प्रदेशका २ सय ८३ स्थानीय तहमध्ये २ सय ८१ मा मतदान भएको बताएका छन्। मनाङको नार्खु र डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा सर्वसम्मति भएको उनले जानकारी दिए। पहिलो चरणको मतदानले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उत्साही बनाएको बताए।
सबैभन्दा कम मत रामेछापमा ५४ प्रतिशत खसेको निर्वाचन आयोगले जनाएको छ। रसुवामा सबभन्दा बढी ८२ प्रतिशत मत खसेको छ। निर्वाचन केन्द्रमा मतपेटिका प्राप्त भएपछि मतगणना प्रारम्भ गरिने उनले जानकारी दिए। हिमाली क्षेत्रका मतदान केन्द्रबाट हेलिकप्टरमा मतपेटिका ओसारिनेछ।
‘राजनीतिक तहसँग समन्वय गरी आइतबार राति वा सोमबार बिहानबाट मतगणना सुरु हुनेछ,’ उनले भने, ‘राति सुरु हुन नसकेको ठाउँमा सोमबार बिहान हुनेछ।’ उनले निर्वाचन परिणाम स्वीकार गर्न सबै दलसँग आग्रह पनि गरेका छन्।
आइतबार भएको मतदानमध्ये तीनवटा मतदान केन्द्रमा स्थगित भएको यादवले जानकारी दिए। स्थगित भएका मतदान केन्द्र काभ्रे, कालिकोट र दोलखा छन्।
काभ्रेमा भएको झडपमा एक जनाको मृत्यु हुनु दुखद घटना भएको उनले बताए।

सि.नं. जिल्ला  खसेको मत %
१. दोलखा ६२
२. रामेछाप ५४
३. सिन्धुली ७५
४. काभ्रेपलान्चोक ६०
५. सिन्धुलपाल्चोक ७०
६. रसुवा ८२
७. नुवाकोट ७०
८. धादिङ ७५
९. चितवन ७०
१०. मकवानपुर ७०
११. भक्तपुर ८०
१२. ललितपुर ७५
१३. काठमाडौं ७५
१४. गोरखा ८०
१५. जारकोट ७३
१६. लमजुङ ७१
१७. तनहुँ ७०
१८. कास्की ७५
१९. मनाङ ५८
२०. मुस्ताङ ७५
२१. पर्वत ७५
२२. स्याङ्जा ७०
२३. म्याग्दी ६०
२४. वाग्लुङ ६७
२५. नवलपुरासी ७३
२६. सल्यान ७१
२७. डोल्पा ८१
२८. जुम्ला ७०
२९. मुगु ७०
३०. हुम्ला ७५
३१. कालिकोट ६०
३२. दैलेख ७०
३३. सुर्खेत ७०
३४. रुकुम ७५
खसेको प्रतिशत ७१

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »