सहिदकी आमालाई अध्यक्षको टिकट

प्रकाशित समय 8:02:00 PM
गोलबजार, १७ जेष्ठ । मधेस आन्दोलनको पहिलो सहिद सिरहाका रमेश महतोकी आमा रानोदेवी महतोे गाउँपालिका अध्यक्षको उम्मेदवार बनेको छ । संघीय समाजवादी फोरम नेपालले सिरहाको नवराजपुर गाउँपालिकाको उम्मेदवार बनाएको हो । अध्यक्ष पदका लागि धेरै आकांक्षी देखिएपनि महतोलाई सर्वसम्मत चयन गरिएको फोरम नेपालका केन्द्रीय सदस्य राजलाल यादवले बताए । महतोको उम्मेदवारी सिङ्गो मधेस आन्दोलनको सम्मान हो यादवले भने, मधेसी जनताले यसलाई अनुभुती गर्ने छन् ।
२०६३ को माघे मधेस विद्रोहमा रानोदेवी महतोको १९ बर्षीय छोरा रमेश महतो पहिलो शहिद भएका थिए । अध्यक्ष पदको लागि समाजवादी फोरम नेपालवाट टिकट पाउने निर्णय भएपछि महतो हर्षित हुनुभएको छ । उहाँले आफूलाई स्थानीय जनताको समर्थनमा फोरमले सर्वसम्मतीले गाउँपालिकाका लागि अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको बताउँदै आफूले जितेमा नवराजपुर गाउँपालिकामा विकास गरेर देखाउने दावी समेत गर्नुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »