सर्लाहीमा चार लाख नगदसहित शिक्षा अधिकारीहरु अख्तियारद्वारा पक्राउ

प्रकाशित समय 8:27:00 PM
सर्लाही, ४ जेष्ठ । शिक्षक नियुक्तिका लागि घुस लिँदै गरेका दुई जना उपसचिवसहितसहित चार जनालाई अख्तियारले सर्लाहीबाट पक्राउ गरेको छ। सर्लाहीको लालबन्दीस्थित नमस्ते गेस्ट हाउसबाट बिहान ९ बजे उपजिसिअ रामहरि रिजाल, उप–जिसिअ वासुदेव तिमिल्सिना पक्राउ परेका हुन्। उनीहरुसँगै जनज्योति मावि लालबन्दीका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने पक्राउ परेको सर्लाहीका डिएसपी ठाकुर पोखरेलले संचारकर्मीलाई बताए । सर्लाहीका डिएसपी ठाकुर पोखरेलको नेतृत्वमा गएको अख्तियारको जनकपुर कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु स्थानीय शिक्षक सीपी पौडेलसँग चार लाख रुपैयाँ नगद लिँदै गर्दा पक्राउ परेका हुन्। चारै जना हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ डिएसपी पोखरेलले भने, ‘थप अनुसन्धान भइरहेको छ।’ पक्राउ पर्ने उपसचिव, प्रधानाध्यापक र सञ्चालक समिति अध्यक्षले शिक्षक सीपी पौडेललाई नियुक्ति दिने सर्तमा घुस लिएको बताइएको छ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »