एमालेमा फर्किए पूर्व सांसद यादव

प्रकाशित समय 8:22:00 PM
सुरेन्द्र कुमार कामति 
सिरहा, ६ जेष्ठ । पूर्व साँसद एवम् सहिद पत्नी पारोदेवी यादव एमालेमा फर्किएकि छिन् । नेकपा एमाले सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्व साँसद यादव छोराहरु सहित एमाले फर्किएको हो । जेठा छोरा डा नवीन र डा कान्छो छोरा प्रविन सहित एमाले पार्टी
मा फर्किएको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले बताए ।
सहिद साँसद हेमनारायण यादव (पति)को हत्यारालाई कारबाही गर्न पार्टी उदासिन भएको भन्दै उनी ७ वर्ष पहिले पार्टी परित्याग गरेका थिए । केही समय स्वतन्त्र बसेका पूर्व साँसद यादव छिराहरु सहित फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । फोरम लोकतान्त्रिकवाटै दोस्रो संविधानसभामा सिरहा क्षेत्र नम्बर ६ बाट उम्मेदवार भएका उनी काँग्रेस उम्मेदवारसँग पराजित हुन पुगिन । त्यसपछि माओवादी केन्द्रमा प्रवेश गरेर राजनितीमा सक्रिय थिए ।
एमाले पार्टीको केन्द्रिय नेतृत्वको पटक–पटकको आग्रह र स्थानीय रुपमा शुभचिन्तकहरुको सुझावले उनीलाई पुनस्एमालेमा फर्किन बाध्य पारेको स्रोतको भनाई छ । पूर्व साँसद यादवसंगै एमाले फर्किएका डा नविन मुलुकको दोस्रो जेष्ठ चन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । डा यादवले भने,’पार्टीले दोषी प्रमाणित गरेकोलाई कारबाही गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैले एमाकेमा फर्केको छु ।’
पूर्व साँसद यादव सहितलाई एमाले नेताहरु रामपृत पासमान, लिलानाथ श्रेष्ठ, गंगा यादव, पूर्व साँसद रामरती देवि राम लगायतले फूलमाले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »