बालिका छिमेकीबाट बलात्कृत मेलमिलापमा गर्न राजनीतिक दलको दबाब

प्रकाशित समय 8:18:00 PM
सिरहा, ४ जेष्ठ । कल्याणपुर न.पा.–१ पर्चिलवाकी १३ वर्षीय बालिका आफ्नै छिमेकी एक युवकबाट बलात्कृत भएका छन् । आफ्नै घरमा शनिवार राति सुतिरहेको बेला मादक पदार्थ सेवन गरेर आएका २३ वर्षीय ती युवकले बालिकालाई नियन्त्रणमा लिई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घरमै सुतिरहेको वेला मुख थुनेर जवरजस्ती करणी गरेको पीडितको भनाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । पीडित किशोरीकी आमा ४–५ वर्ष पहिला नै मरिसकेको र बुबा पनि ११ महिना अघि वैदेशीक रोजगारीमा रहेकाले उनीहरु काका–काकीको निगरानीमा घरमै वस्दै गरेको बताइएको छ । घटनामा संलग्न युवक फरार रहेको प्रहरीले जनाएको छ । वुवा विदेश रहेको र सामाजिक दवाबका कारण काका–काकी पनि घर छोडेर भागेकाले घटनाको उजुरी पर्न नसकेको प्रहरीको भनाई छ ।
प्रहरीले किशोरीको आफन्त र घटनामा संलग्न युवकको पनि खोजी गरिरहेको जनाएको छ । ती किशोरीको स्वास्थ्य परीक्षण र वयान समेत भइसकेको प्रहरीको भनाई छ । घटनालाई स्थानीय रुपमै मिलाउन राजनीतिक दलका नेताहरुले उनका आफन्तहरुलाई दवाव दिएको नाम नखुलाउने सर्तमा एक स्थानीयले जानकारी दिए । घटना गाउँमै मिलाउन युवकका आफन्तले पीडितलाई पाँच लाखसम्म दिन तयार भएको बताइन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »