
’विराटनगरभन्दा पहिले नगरपालिका बनेको राजविराजलाई उपमहा नगरपालिका बन्न नदिनका लागि विगतमा मेयर बनेका तथा उपमहानगरपालिका बनेपछि आफ्नो राजनीतिक भविष्य नदेख्ने जस्ता व्यक्तिहरुले भूमिका खेलिरहेको कुरा राजविराजवासीलाई बिदितै छ’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। राजविराजमा उपमहानगर बनाउने गरी पूर्वाधार विकास भएको समेत उनले दाबी गरेका छन्।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ
सगरमाथा अञ्चल सदरमुकामबाट परिचित एवं नेपालमै पहिलो टाउन प्लानिङबाट बसाइएको राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउन सरकारसँग जोडदार माग गर्दछु। विराटनगरभन्दा पहिले नगरपालिका बनेको राजविराजलाई उपमहानगरपालिका बन्न नदिनका लागि विगतमा मेयर बनेका तथा उपमहानगरपालिका बनेपछि आफ्नो राजनीतिक भविष्य नदेख्ने जस्ता व्यक्तिहरूले भूमिका खेलिरहेको कुरा राजविराजवासीलाई बिदितै छ। राजविराज नगरपालिका तथा त्यस वरपरका गाविसहरूलाई गाभेर उपमहानगरपालिका बनाउन सम्पूर्ण पूर्वाधार रहेको हुनाले त्यसलाई उपमहानगरपालिका बनाउनका लागि मैले प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थानीय निकाय पुनःसंरचनाका लागि अध्ययन गर्न बनेका कार्यदललाई समेत आग्रह गरिसकेको छु। साथै माओवादी केन्द्रको संसदीय दलले पनि राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्ने निर्णय गरिसकेकाले दोस्रो चरणको स्थानीय चुनाव हुनुअघि नै राजविराज नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर्नका लागि जोडदार माग गर्दछु । यसका लागि सम्पूर्ण सहयोग पु¥याइदिनका लागि राजनीतिक शक्तिहरूलाई विनम्रताका साथ आग्रह गर्दछु।
उमेश यादव
सप्तरी क्षेत्र नं. ३ का
सांसद एवं पूर्व सिँचाइमन्त्री
