कांग्रेस र एमाले परित्याग गरी कतारमा दुई दर्जन नेपाली समाजवादी फोरममा प्रवेश

प्रकाशित समय 6:29:00 PM
काठमाडौं, १ जेष्ठ । संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघीय समाज कतारले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । हिमाल पहाड र तराइ जोडिन्छ !! नक्कली राष्ट्रवाद तोडिन्छ !!  भन्ने मुल नाराको साथ कार्यक्रम आयोजन गरियो ।
दुई दर्जन भन्दा धेरै एमाले र काग्रेस पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका दुई दर्जन बढी नेपालीहरुको लागि दोहाको मन्सुरा स्थित अम्वाज रेस्टुरेण्टको सभाहलमा प्रशिक्षण आयोजन गरिएको संघीय समाज कतारका सचिव सुबोध घलान तामाङले जानकारी दिए ।
प्रवास संगठन नेपाली संघीय समाज कतारका अध्यक्ष डिएन मगरको सभापतित्व र प्रमुख सल्लाहकार चन्द्रसेर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टी प्रवेश गर्नु हुने नवप्रवेशीहरुलाइ संगठनका अध्यक्ष डिएन मगर र प्रमुख सलाहकार चन्द्रशेर राईले खादा ओढाएर सम्मान एवं स्वागत गरेका थिए । नेपालमा स्थानीय चुनाव जारी रहेकै बेला कांग्रेस र एमाले लगायतका पार्टी परित्याग गरेको नवप्रशेवीहरुले अहिलेको परिबेशमा आफ्नो हक अधिकार र पहिचानको सुनिश्चितताको लागि संघीय समाजवादी फोरमको विकल्प नभएको प्रतिक्रिया दिए ।
संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन इन्चार्ज तथा केन्द्रिय सदस्य आङकाजी शेर्पाले टेलिफोन सम्पर्क गरी नवप्रवेशीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । –एजेन्सी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »