सिरहामा दबाव -याली

प्रकाशित समय 6:40:00 PM
सिरहा, ३० बैशाख । आसन्न स्थानीय निकायको निर्वाचन अघि संविधान शंसोधनको माग गर्दै राष्ट्रिय जनता पार्टीले सिरहामा ¥याली प्रदर्शन गरेको छ । जिल्ला समन्वय समिति गेटबाट निस्केको ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै यहाँको क्याम्पस चौकमा गएर कोणसभामा परिणत भएको थियो । सहभागी नेता तथा कार्यकर्ताले संविधान शंसोधन गर्न जोडदार नाराबाजी गरेका थिए ।
संविधान सर्वस्वीकार्य बनाउन यो ¥याली निकालिएको राजपा केन्द्रिय सदस्य शत्रुधन यादवले बताए । उनले देशको विभिन्न भागमा आफ्ना मागलाई लिएर आन्दोलनरत पक्षका मुलभूत कुरा संविधानमा नसमेटिएको दाबी गरे । देशलाई स्थिर अवस्थामा ल्याई विकासको पाटोमा फडको मार्ग गराउन लागिएको स्थानीय निकायको निर्वाचनले आन्दोलनरत पक्षको माग नसमेटिएसम्म सोचे अनुसारको परिणाम नआउने उनले दाबी गर्दै भने, ‘अरु कुरा पछि हुँदै जान्छ,तर मुल माग तत्कालै संविधान शंसोधन गरेर समावेश गरिनुपर्छ ।’
मधेश तथा देशका अन्य क्षेत्रमा आन्दोलनरत पक्षको पहिचानका मुल मागलाई बेवास्ता गर्दै केही पार्टीले आफ्ना स्वार्थ अनूकुल देश चलाउन खोजेको राजपाका युवा नेता सर्वनारायण झाको आरोप छ । अब धोकाधरी हुन नदिने दाबी गर्दै उनले भने, ‘पार्टी पंक्तिले मुल मागलाई पाखा लगाउन खोज्यो भने त्यसको भण्डारफोर गर्नेछु ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »