प्रहरी समस्या पर्दाको साथी हो !

प्रकाशित समय 6:38:00 PM
 शम्भु यादब
लहान, ३० बैशाख  । गाउँ टोलमा कुनै घटना÷दुर्घटना तथा समस्या परेमा सिधै प्रहरीमा आउन ईलाका प्रहरी कार्यालय बरियारपट्टीको प्रमुख प्रहरी नायब निरक्षक भरतलाल चौधरीले अनुरोध गरेका छन् । उनले, ‘हाम्रो नेपाली समाजको संरचना जातिगत तथा पुरुषबादी भएकोले दलित समुदाय र महिला दिदि÷बहिनीहरु सँग थुप्रै प्रकारको पिडाहरु छन् त्यसैले पिडा सहनु भन्दा न्यायको लागि एक्लै आउन अप्ठ्यारो भए समुहमा प्रहरी चौकीमा आउन आग्रह गरे ।’ शान्ति सुरक्षाको जिम्मेबार निकाय प्रहरी भएको हुँदा समस्या पर्दाको साथी प्रहरी नै हो, उनले तर्क गरेका छन् ।
नागरिक र प्रहरीबिच आपसी विश्वास र जवाफदेहिता अभिबृद्धिको लागि शुक्रवार बरियारपट्टीको स्वास्थ्य चौकीमा भएको समुदाय स्तरीय नागरिक र प्रहरीबिच भएको संवादमा उनले त्यस्तो भनाई व्यक्त गरेका हुन् । कार्यक्रममा स्थानीय सिमान्तकृत समुदाय, नागरिक सचेतना केन्द्र, वडा नागरिक मंच, महिला समुह तथा सामाजिक परिचालक सहित २० जना नागरिक र प्रहरी नायब निरक्षक सहित ४ जना प्रहरीको उपस्थिती रहेको थियो । उक्त संवाद कार्यक्रम यू.के एड को आर्थिक सहयोग सर्च फर कम्मन ग्राउण्डको र दलित जन कल्याण युवा क्लबको सहकार्यमा संचालित पहुँच परियोजना अन्तर्गत संचालन गरिएको थियो ।
कार्यक्रमका सहभागी बलिराम यादबले संवादपछि समाजमा जुनसुकै घटना भएमा प्रहरीलाई जानकारी गराउने र विविध कार्यमा प्रहरीलाई संलग्न गराउनु भन्दा शान्ति सुरक्षा र अपराध न्यूनीकरणको प्रकृयामा सहयोग गर्नका लागि बतावरणको सृजना गर्न गराउन आवश्यक रहेको सुनाएका छन् ।
कार्यक्रमको पहिलो चरणमा समुदायको सुरक्षा र अपराध न्यूनिकरणका लागि प्रहरी र नागरिकको भूमिका एवम् प्रहरी र नागरिकले एक अर्का संग राखेको अपेक्षाबारे ४ वटा समुहमा राखेर छलफल गरिएको थियो । भने दोस्रो चरणमा नागरिक प्रहरीले उक्त कार्यको लागि गर्दै आईरहेको सहकार्य र प्रभावकारीताका लागि अगामी दिनमा गर्नुपर्ने सहकार्यबारे समुदायबाट अपेक्षा संकलन गरि गर्नुपर्ने कार्यबारे छलफल गरिएको थियो । कार्यक्रममा दलित समुदायमा सुरक्षा र न्यायको सवालमा नाटक, प्रहरीको काम कर्तव्यबारे घर दैलो कार्यक्रम, महिला हिंसा, दाईजो प्रथा बालविवाह विरुद्ध सडक नाटक गर्नु पर्ने कुरा औंल्याएका थिए । उक्त कार्य गर्नको लागि नागरिक र प्रहरी सहित बलिराम यादवको संयोजकत्वमा ९ सदस्य एक कार्य दल समेत गठन गरेका छन् । कार्यदलमा नागरिकको तर्पबाट उमा ठाकुर, ज्ञानी सदाय, आमोद यादव, कालिकादेवी राम, सोभिता यादब त्यसै गरि प्रहरी नायब निरक्षक भरतलाल चौधरी, प्रहरी हबल्दार जित नरायण मण्डल र प्रहरी जवान सुनिल थापा रहेका छन् ।
कार्यक्रमको संचालन परियोजनाको सामाजिक परिचालक दिपेन्द्र यादवले गरेको थिए भने सहजीकरण परियोजनाको जिल्ला संयोजक अशोक कुमार कामतीले गरेका थिए । कार्यक्रममा मिडिया पार्टनर रामभरोसी महतो र सर्च फर कम्मन ग्राउण्डको राजेश लोहनी पनि उपस्थित रहेका थिए । कार्यक्रममा सिमान्तकृत समुदाय र प्रहरी संयुक्त रुपमा छलफल गर्नुले नै सुरक्षामा पहुँच बढाएको कुरा अभिव्यक्ति रेडियो समग्र १०७ मेघाहर्जका पहुँच परियोजनाको संयोजक राम भरोसी महतोले दिएका थिए । त्यसैगरी उमा ठाकुरले यस संवादपछि प्रहरीमा गुनासो राख्न धाक खुलेको कुरा बताएका थिए । कार्यक्रमको अन्त्यमा सर्चका फिल्ड संयोजक राजेश लोहनीले पहुँच परियोजनाबारे प्रस्ट्याउँदै संवादमा सिमान्तकृत समुदायको महिलाको उल्लेखनिय उपस्थितीलाई प्रशंशा गर्दै गठित कार्यदलको काम कर्तव्य र अगामी कार्य दिशाबारे सुझाव दिएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »