अमेरिकाको आग्रह : निर्वाचनमा ‘मधेश’लाई पनि समेटौं

प्रकाशित समय 8:20:00 PM
काठमाडौं, २ जेष्ठ । संयुक्त राज्य अमेरिकाले दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा मधेशलाई पनि समेट्न आग्रह गरेको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार एक वक्तव्य जारी गर्दै राजनीतिक सहमतिका प्रयासहरु जारी राख्न र धेरैभन्दा धेरै मतदातालाई निर्वाचनमा सहभागी गराउन आग्रह गरेको हो ।
वक्तव्यमा मधेश शब्द नराखिएपनि मधेशवादी दलहरुतिर इंकित गर्दै नेपाल सरकारलाई भनिएको छ, ‘आगामी निर्वाचनका लागि ३० दिनभन्दा कम समय बाँकी रहेको यस अवस्थामा हामी राजनीतिक सहमति कायम गर्ने प्रत्यत्नहरुलाई जारी राख्न आग्रह गर्दछौं, जसमार्फत समावेशी प्रक्रियाका लागि स्थानीय निर्वाचनको दोस्रो चरणमा सकेसम्म धेरै मतदाता सहभागी बन्न सकुन् । यसो भएको खण्डमा निर्वाचन प्रक्रियाको विश्वसनियता बढ्नेछ र मुलुकभर लोकतान्त्रिक रुपान्तरण बलियो बन्नेछ ।’
अमेरिकाले दोस्रो चरणको निर्वाचनका लागि उचित वातावरण मिलाउन सरोकारवालाहरुसँग आग्रहसमेत गरेको छ । स्थानीय निकायको पहिलो चरणको निर्वाचन सफलता पुर्वक सम्पन्न गरेकोमा संयुक्त राज्य अमेरिकाले सराहना गर्दै दोस्रो चरणको निर्वाचनमा सबैलाई समेट्न आग्रह गरेको हो ।
दोस्रो चरणको निर्वाचनमा निर्बाध रुपमा अन्तर्राष्ट्रिय निर्वाचन परिवेक्षणलाई अनुमति दिन नेपाल सरकारसँग आग्रह गर्दै सुरक्षा निकायहरुलाई कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »