निर्वाचनका सम्पूर्ण कार्यक्रमको कडा प्रतिवाद गर्ने गठबन्धनको निर्णय

प्रकाशित समय 6:08:00 PM
काठमाडौं, १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको कडा प्रतिवाद गर्ने निर्णय गर्दै चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले बिजुलीबजारस्थित राजपा नेपालको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मसाल जुलुस, लाठी जुलुसदेखि बन्द हडतालसम्मका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रमहरु :
२०७४ जेष्ठ १३ गते जिल्लाका सबै उपमहानगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस प्रदर्शन ।
जेष्ठ १४ गते जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा लाठी जुलुस प्रदर्शन ।
निर्वाचनको सबै मतदान केन्द्रहरुमा संघर्ष समिति गठन गर्ने ।
जेष्ठ १५ गते विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यापारी, बुद्धिजीबी, विभिन्न पेशाकर्मी, पत्रकार, युवा, छात्र, मजदूर आदिको बृहत अन्तरक्रिया कार्यक्रम । तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका शहीदहरुको सम्झनामा सबै मुख्य चौक चौराहामा मैनबत्ती बाली श्रद्धाञ्जली अर्पण गर्ने ।
जेष्ठ १६ गते जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाउँपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ ।
जेष्ठ १७ गते सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबजारमा मसाल जुलुस प्रदर्शन ।
जेष्ठ १८ र १९ गते मधेश–थरुहट–लिम्बूवानमा बन्द, आमहडतालरउम्मेदवारी प्रक्रियालाई सक्रियताका साथ अवरोध गर्ने ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »