खुसिलाल ठाकुरको संयोजनमा उदयपुरमा राजपा गठन

प्रकाशित समय 6:23:00 PM
गाइघाट, १ जेष्ठ । उदयपुरमा सोमबार भएको मधेसी दलहरुको एकता भेलाले खुसिलाल ठाकुरको संयोजनमा राष्ट्रिय जनता पाटी जिल्ला कमिटी उदयपुर गठन गरेको छ । मधेस केन्द्रित राजनीतिक दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल उदयपुरको संयोजकमा तमलोपाका जिल्ला अध्यक्ष समेत रहेका ठाकुरको संयोजकत्वमा चार सदस्यीय जिल्ला कमिटी गठन गरीएकोे हो ।
सद्भावना पार्टी (अनिल झा), सद्भावना पार्टी (राजेन्द्र महतो), तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनाधिकार फोरम गणतान्त्रिक (राजकिशोर यादव) समुहको सोमबार भएको पहिलो एकता भेलाले ठकुरको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो ।
गाइघाटको रामजानकी पार्टी प्यालेसमा भएको भेला पश्चात पत्रकार सम्मेलनमा बाल्नुहुदै मधेसी जनअधिकार मोरम गणतान्त्रिकका केद्रिय सचिव राहुज यादबले अहिले मधेसी जनताले पनी चुनाव चाहेको बताउनुहुदै संबिधान संम्सोधन गरेर मधेसी दललाइ चुनावमा सहभागी गराउनु पर्नेमा जोड दिनुभयो ।
यादवले चुनाव मुलुकका लागि अपरिहार्य छ भन्दै वर्तमान सरकारले मधेस केन्द्रित दलहरुको भावना सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । यस्तै सोमबारनै पत्रकार सम्मेलन पश्चात राजपाले सरकारलाई संविधान संशोधनका लागि दवाव स्वरुप गाइघाटमा मोटरसाईकल ¥याली समेत गरेको छ । यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले दलबीच सहमतिको विकल्प नरहेको बताउादै वर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिए  तीन–तीन महिनामा नेतृत्व आलोपालो गर्ने सहमतिका साथ अध्यक्ष मण्डल गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »