
प्रहरीका अनुसार बा. १३ प १३३८ नम्वरको मोटरसाइकलमा बोराभित्र पोका लुकाई ल्याइरहेको अवैध लागु औषध कोरेक्स ७८ बोतल, लुपिजेसिक ३० एम्पुल, डाईजिल्याव ३० एम्पुल, फोटविन एक सय ६१ एम्पुल, फेनारगन २६ एम्पुल, स्पास्मो प्रोक्सिवान एक सय ४४ ट्याब्लेट, नाईट्रोसन दुई सय ९६ सहित साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका साहलाई लागू औषध ऐन अन्तर्गत कानूनी प्रक्रिया अगाडी बढाइएको जनाएको एसपी शेखर कोइरालाले जानकारी दिएको छ ।
