शरीरमा आगो लगाएर घाइते भएकी महिलाको मृत्यु

प्रकाशित समय 6:12:00 PM
सप्तरी, १२ जेष्ठ । सामान्य घरायसी विवादमा आफ्नै शरीरमा आगो लगाएर घाइते भएकी सप्तरी शम्भुनाथ नगरपालिका–१ खोक्सरकी एक महिलाको उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।  पतिसँग विवाद भएपछि बिहीबार आफ्नै घरको कोठामा चुकुल लगाई शरीरमा मट्टितेल छर्केर आगो लगाउँदा घाइते भएकी इन्द्रदेव यादवकी श्रीमती ३५ वर्षीया रमादेवी यादवको शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।  शरीरमा आगो लागेपछि चिच्याउन थालेकी उनलाई तत्काल गाउँलेहरूले थाहा पाई ढोका फोडेर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्रुयाएका थिए । प्रहरीका अनुसार शरीरको अघिल्लो भाग पूरै जलेकी उनलाई राजविराजमा उपचार सम्भव नभएपछि धरान लगिएको थियो ।  इलाका प्रहरी कार्यालय रुपनीले मृतक रामदेवीको  घरायसी विषयमा पतिसँग सामान्य विवाद भएको बाहेक अन्य कुरा नखुलेको जनाएको छ । मृतक महिलाका १३ र ७ वर्षका दुई छोरी छन् ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »