बालिका र वृद्धाको मृत्यु

प्रकाशित समय 8:08:00 PM
लहान, ३ जेष्ठ।  सिरहा नगरपालिका –१ स्थित हुलाकी सडक खण्डमा ट्रयाक्टरको ठक्करले ७० वर्षीया एक वृद्धाको मृत्यु भएको छ। सदरमुकाम सिरहाबाट हुलाकी सडक हुँदै सनहैठा जाँदै गरेको स. १ त २११५ नम्बरको ट्रयाक्टरको ठक्करले मंगलबार साँझ सिरहा नगरपालिका–१ बस्ने ७० वर्षीया सोनावती यादवको मृत्यु भएको हो। 
जिल्ला प्रहरी कार्यालय सिरहका अनुसार सशस्त्र प्रहरीको सिरहास्थित सीमा सुरक्षा कार्यालय नजिकै ट्रयाक्टरको ठक्करले गम्भीर घाइते भएकी उनलाई सिरहा जिल्ला अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो। वृद्धालाई ठक्कर दिएर ट्रयाक्टर चालक फरार भएकाले ट्रयाक्रलाई नियन्त्रणमा लिएर फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
त्यस्तै, सप्तरीको राजविराज नगरपालिका १० स्थिर हरिहरपुरमा मंगलबार अपराह्न पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय रामआशिष यादवकी चार वर्षीया छोरी दैयाकुमारी यादव घर नजिकै रहेको पोखरीको डिलमा खेल्दैगर्दा डुबेकी हुन्। 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »