नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, नेपाल स्टुडेन्ट युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन् ।
आइओएमको स्नातकोक्तर भर्ना शुल्क निर्धारण उचित रहेको जनाउँदै विद्यार्थी संगठनहरुले यसको विरुद्ध त्रिविले समिति गठन गरेर विद्यार्थी भर्ना कार्यक्रम प्रभावित हुने र चर्को शुल्क लिने नियतले तिन सदस्यीय समिति गठन गर्दै भर्ना अवधिलाई तीन साता लम्व्याइएको दाबी गरेको छ । उनीहरुले त्रिविको यो कदम प्रति आपत्ति समेत प्रकट गरेका छन् ।
भर्ना कार्यक्रम प्रवेश परीक्षाको योग्यताक्रमको आधारमा हुनुको साथै भर्ना शुल्क समेत सर्वसुलभ हुनु पर्ने उल्लेख गर्दै विद्यार्थीं संगठनहरुले संस्थानको फ्याकल्टी बोर्डले निर्धारण गरेको भन्दा बढी भर्ना शुल्क तोकिए पुनः आन्दोलनको बाटो अपनाउन बाध्य चेतावनी समेत दिएका छन् ।
