चट्याङ लागेर दुईको मृत्यु

प्रकाशित समय 6:06:00 PM
सप्तरी, १२ जेष्ठ । सप्तरीको पूर्वी सीमा हनुमाननगर कंकालनी नगरपालिका–४ मधवापुरमा बिहीबार राति वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय भारदहका अनुसार चट्याङ लागेर स्थानीय ४० वर्षीय सुरेन मुखियाको मृत्यु भएको हो । बेलुकी घर नजिकै रहेको बारीमा रहेको झुपडीमा मकै रुङ्न बसेका मुखियालाई चट्याङ लागेको हो ।  प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव  परिवारको जिम्मा लगाएको जनाएको छ ।
त्यस्तै पाँचखाल नगरपालिका वडा नं. ९ मा शुक्रवार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी नविनराज राईका अनुसार दिउँसो ४ बजे तिर आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर वर्ष ३५ की रमा भेटवालको मृत्यु भएको हो।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »