सिरहा सहित तराईका एघार जिल्लामा उच्च प्रविधियुक्त नर्सरी स्थापना

प्रकाशित समय 7:48:00 PM
गोलबजार, ८ जेष्ठ । वन विभागले तराईका ११ जिल्लामा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरेको छ । विभागले वन दशकको कार्यक्रमअन्तर्गत आव २०७३÷०७४ मा एघार वटा उच्च प्रविधियुक्त नर्सरी, तेह्र वटा साधारण नर्सरी, एक सय चौबीस वटा साधारण नर्सरी मर्मत गरेको हो ।
  विभागका प्रवक्ता ईश्वरी पौडेलले ६८ लाख ९८ हजार विभिन्न प्रजातिका रुख बिरुवालाई उत्पादन गरी सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा झापा, मोरङ, सुनसरी, र बारा जिल्लामा मागअनुसार वितरण गरिएको बताए ।
  एघार जिल्लाका तीस वटा नगरपालिकामा वृक्षारोपणसहित उद्यान निर्माण, व्यवस्थापन, अनुगमन, मुल्यांकन, दुई सय छबीस वटा निजी वन दर्ता प्रोत्साहनका लागि प्राविधिक सहयोग र एक सय ६ निजी वन दर्ताका लागि अनुदान सहयोग उपलब्ध गराएको पौडेलले बताए ।
  विभागले चाल्नाखेलमा केन्द्रीय नर्सरी स्थापना गरी गुणस्तरीय बिरुवा उत्पादन गरी वितरण गर्दै आइरहेको छ । यस्तै विभिन्न किसिमका रुख प्रजातिको एक हजार पाँच सय केजी गुणस्तरीय बीउ संगलन, प्रशोधन तथा वितरण गर्नुका साथै एघार जिल्लाका ६ सय आठ हेक्टर जग्गामा विभिन्न किसिमका बिरुवा वृक्षारोपण गरिएको विभागले जनाएको छ ।
  आव २०७३÷०७४ मा विभागले वन दशक कार्यक्रमको लागि रु पाँच लाख छ हजारछिहतर विनियोजन गरेको विभागका सहायक वन अधिकृत युवराज पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »