चेपुवामा मधेसी दल : चुनावमा भाग लिन राजपालाई भारतदेखि जनतासम्मको दबाब

प्रकाशित समय 8:25:00 PM
काठमाडौँ, २ जेष्ठ ।  दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिदै जाँदा त्यसमा भाग लिनका लागि मधेशवादी दलमाथि दबाब पर्न थालेको छ । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिएका मधेशवादी दललाई चुनावमा भाग लिनका लागि चौतर्फी दबाब पर्न थालेपछि आफूहरु चेपुवामा परेको सो दलका नेताहरु सुनाउँछन् ।
मधेशी जनताबाट पनि चुनावमा भाग लिनुपर्ने दबाब आइरहेको छ भने सत्तापक्षबाट त चुनावमा भाग लिनै पर्ने दवाव छ, त्यसमा पनि अहिले नेपालस्थित भारतीय दूतावासले पनि चुनावमा जान भनिसकेको छ । नेपालस्थित भारतीय दूतावासले वैशाख २९ गते साँझ राष्ट्रिय जनता पार्टीका नेताहरुलाई इण्डियन हाउसमा बोलाएर चुनावमा भाग लिन दबाब दिएको छ । भारतीय राजदूत मन्जिव सिंह पुरीले प्रचण्ड नेतृत्वको सरकारले सम्पूर्ण माग पूरा गर्ने भन्दै दोस्रो चरणको चुनावमा भाग लिनुस् भन्दै नेताहरुलाई दबाब दिएको स्रोतले जनाएको छ ।
सअघि प्रदेशको सीमांकन लगायत मधेसी दलको माग सम्बोधन नभएसम्म चुनावको पक्षमा नरहेको भारतले अहिले भारतीय दूतावासमार्फत चुनावका लागि ‘दबाब’ दिएपछि मधेशी नेताहरु पनि अच्चममा परेका छन् । पहिलो चरणको चुनावको घोषणा नहुन्जेलसम्म भारत चुनावको पक्षमा थिएन । भारतीय पक्षले पटक–पटक नेपाल सरकारका प्रतिनिधिलाई भेटेर वा सम्पर्क गरेर मधेशीहरुको माग सम्बोधन गरेर मात्र चुनावमा जान दबाब दिएका थिए । जसले गर्दा सरकारले हतारमा संशोधन प्रस्तावसमेत दर्ता गराएको थियो ।
‘मागहरु पूरा हुँदै गर्छ, तर दोस्रो चरणको चुनावलाई तपाईहरुले छाड्नु हुन्न,’ भनी दवाव दिँदै राजदूत पुरीले आफूहरुलाई भनेको कुरा सुनाउँदै राजपाका नेताले भने । तर पछिल्लो समय भारत पनि स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै सहयोगका हात बढाएको छ । स्थानीय तहको चुनावका लागि भारत शुरुदेखि सकारात्मक थिएन । जब चीनले सहयोगको घोषणा गर्यो अनि भारतले पनि स्थानीय तहको चुनावलाई चासोको रुपमा लिएर चुनावको वतावरण बनाउनतिर लागेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
‘मागहरु पूरा हुँदै गर्छ, तर दोस्रो चरणको चुनावलाई तपाईहरुले छाड्नु हुन्न,’ भनी दवाव दिँदै राजदूत पुरीले आफूहरुलाई भनेको कुरा सुनाउँदै राजपाका नेताले रातोपाटीलाई भने । ‘यस विषयमा तपाईहरुसँग छलफल गर्नका लागि प्रधानमन्त्री प्रचण्डले बोलाउनु हुन्छ,’ राजदूत पुरीको भनाईलाई उद्धृत गर्दै राजपाका नेताले भने, ‘मन्त्रीपरिषद्बाट पूरा हुने काम सरकारले गर्न तयार छ भने चुनावमा जान तपाईंहरुलाई के आपत्ति भनि पुरीले भन्नुभएको थियो ।’ पुरीसँग राजपा अध्यक्ष मण्डलमा रहेका राजेन्द्र महतो, महन्थ ठाकुर, राजकिशोर यादव र अनिल झाले भेटेका थिए । तर, यो भेटलाई गोप्य राखिएको थियो । यो भेटको बारेमा राजपाका दोस्रो तहका नेताहरुलाई पनि थाहा दिइएको थिएन ।
तर, यस विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग सम्पर्क गर्दा उनले राजदूत पुरीसँग भेटेको कुरा अस्वीकार गरे । ‘मलाई त्यस्तो भेटबारे केही जानकारी छैन’ भन्दै फोन काटे । राजदूतसँगको भेटमा राजपाका नेताहरुले सविधान संशोधन नगरिकन चुनावमा गए भने आफूहरुको राजनीति नै समाप्त हुने कुरा राखेको स्रोत बताउँछ ।
संविधान संशोधन नगरिकन चुनावमा जान दवाव नदिन नेताहरुले राजदूत सिंहलाई आग्रह गरेका थिए । चुनावमा जान आफूहरुलाई पनि इच्छा रहेको तर माग नै पुरा नगरी चुनावमा भाग लिन नमिल्ने उनीहरुले सुनाएका थिए ।
राजपाका नेताहरुले आफूहरुलाई चुनावमा जान दबाब दिनुभन्दा सरकारमाथि संविधान संशोधन गराउन दबाब बढाउन सहयोग गर्न आग्रह गरेको राजपा स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले अरु दिनका वार्तामा काँग्रेसका नेतालाई राखेर कुरा गर्थे, नभए आफ्नै (माआवादी केन्द्र) पार्टीका नेतालाई अवश्य राखेका हुन्थे । राजपाबाट पनि अरु दिन अध्यक्षसँग पार्टीका अन्य नेताहरु पनि हुन्थे तर त्यो दिन विहान नौ बजेको वार्तामा प्रचण्ड एक्लै र राजपाका छ वटै अध्यक्ष मात्र बसेर छलफल भएको थियो ।
‘अहिले नै सविधान संशोधन नभएपनि चुनाव जाने भन्दियौँ भने हाम्रो कुनै पनि माग पूरा हुँदैन । सरकार संविधान संशोधन र अन्य माग पूरा गर्न पनि तयार रहेकाले दबाब बढाउन नछाड्ने राजपा नेपालका नेताहरुले मन्जिम सिह पुरीलाई सुनाएका थिए ।
पुरीसँग भेटेको पर्सीपल्ट नै प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा पाँच बजे वार्ता गर्ने समय छुट्याईएको थियो । सो वार्ताका लागि राजपाका कतिपय नेतलाई जानकारी पनि आइसकको थियो । तर, सो दिन चुनाव भएको कारणले वार्ता हुनसकेन । प्रधानमन्त्री प्रचण्ड मतदान गरेर चितवनबाट ११ बजे नै फर्केका थिए ।
त्यसको भोलीपल्ट अर्थात जेठ १ गते प्रचण्ड र राजपाका नेताहरु बीच वार्ता भयो । प्रधानमन्त्री प्रचण्डले अरु दिनका वार्तामा काँग्रेसका नेतालाई राखेर कुरा गर्थे, नभए आफ्नै (माआवादी केन्द्र) पार्टीका नेतालाई अवश्य राखेका हुन्थे । राजपाबाट पनि अरु दिन अध्यक्षसँग पार्टीका अन्य नेताहरु पनि हुन्थे तर त्यो दिन विहान नौ बजेको वार्तामा प्रचण्ड एक्लै र राजपाका छ वटै अध्यक्ष मात्र बसेर छलफल भएको थियो ।
छलफलमा प्रचण्डले माग पूरा गर्नका लागि आफू प्रतिबद्ध रहेकोले मधेसी नेताहरुलाई पनि दोस्रो चरणको चुनावमा सहयोग गर्नका लागि तयार रहन भनेका थिए ।
प्रचण्डले त्यति मात्र होइन, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको त्रास पनि देखाएका थिए । ‘उपेन्द्र यादवजीले चुनावमा भाग लिइसक्नुभएको छ, यस अवस्थामा तपाईंहरुलाई नै घटा हुन्छ,’ राजपाका अध्यक्ष मण्डलका एक सदस्यले प्रधानमन्त्रीको कुरा उद्धृत गर्दै भने ।
‘पहिलो चरणको चुनाव भइसक्यो, सरकार अब दोस्रो चरणको चुनावको तयारीमा लाग्नेछ, अब तपाईहरु पनि चुनावको तयारीमा लाग्नुः, सरकारले माग पुरै गर्दै गर्छ,’ प्रचण्डले नेताहरुलाई भनेका थिए । प्रधानमन्त्री प्रचण्डले त्यो दिन आफूले सरकार छाड्न लागेको कुराका पनि नेताहरुलाई जानकारी दिँदै मधेशी मोर्चाका लागि आफूले गरेका कामका फेहरिस्त पनि सुनाएका थिए । यद्यपि राजपा नेपालका नेताहरुले प्रधानमन्त्रीलाई मन्त्रीपरषद्बाट हुने काम तत्कालै टुंग्याउन र जेठ ४ गते सविधान संशोधन विधेयक पारित गराउन माग गर्दै सो कुरा पूरा भए मात्र आफूहरु चुनावमा आउन तयार रहेको बताएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »