कर्मचारी र प्रहरीबिच तनाव

प्रकाशित समय 6:11:00 PM
जनकपुर, १२ जेष्ठ । जनकपुरको बह्मपुरीमा रहेको जानकी मेडिकल शिक्षण अस्पतालको अवस्था तनावग्रस्त बनेको छ । विगत १७ महिनादेखि तलबभत्ता नपाएका झण्डै डेढ सय कर्मचारी विगत चार महिनादेखि जानकी मेडिकल शिक्षण अस्पतालमा तालाबन्दी गरी आन्दोलित छन् ।
दुई महिनाको तलब तत्काल दिने भन्दै व्यवस्थापन पक्षले प्रहरीको सहयोगमा ताला फुटाउन खोजेपछि कर्मचारी र प्रहरी बीच तनाव बढेको छ । व्यवस्थापन पक्षले प्रहरी प्रशासनलाई पैसा खुवाएर तालाबन्दी खोल्न लागेको कर्मचारीले आरोप लगाएका छन् । सबै तलबभत्ता नपाएसम्म तालाबन्दी जारी राख्ने आन्दोलित कर्मचारी हकहित संघर्ष समितिले जनाएको छ ।तनाव पश्चात अहिले कडा सुरक्षाबिच कर्मचारी र व्यवस्थापन पक्षबिच वार्ता चलिरहेको छ । व्यवस्थापन पक्षले बाँकी रहेको दुई महिनाको तलब अहिले उपलब्ध गराउन सहमत छ तर कर्मचारीहरुले आफूहरुले पाउनु पर्ने सम्पूर्ण तलबभत्ता चुक्ता गर्नु पर्ने अडानमा छ ।
यस्तै धनुषाको रमदैयामा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत्त दुई सय ५० कर्मचारीले तलबभत्ताको माग गर्दै गत वैशाख १ गतेबाट अस्प्तालको अकास्मिक सेवासमेत समेत ठप्प्प गरी आन्दोलनमा उत्रेका छन् । दुबै स्थानमा काम गर्ने झण्डै चार सय कर्मचारीको झण्डै १५ करोड रुपैयाँ तलबभत्ता बाँकी रहेको आन्दोलित कर्मचारी उमेश यादवले जानकारी दिए ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »