जागेश्वर यादव
लहान, २५ वैशाख । अवैध रुपमा हुकिङ गरेर विद्युत चुहावट गर्ने १९ जनालाई विद्युतीय सामग्री सहित विद्युत प्राधिकरण वितरण शाखा लहानले पक्राउ गरेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी लहान र प्राधिकरण कर्मचारीको संयुक्त हुकिङ नियन्त्रण टोलीले सोमबार अनुगमनको क्रममा विद्युतीय सामग्रीहरु बरामद गर्नुका साथै १९ जनालाई पक्राउ गरेको हो ।
निमित प्रमुख यादवका अनुसार खेत पटाइरहेको मोटर, पंखा, मेसिन, फ्रिज टीभी लगायतका सामग्रीहरु पक्राउ गरिएको वताउनुभयो । प्राधिकरण शाखा लहानका निमित प्रमुख यादबका अनुसार हुकिङ गरेर विद्युत चुहावट गर्ने सामग्रीहरुमा ४ थान पानी तान्ने मोटर, एलइडी टीभी १ थान र विधुतीय तार बरामद भएको छ । बरामद विद्युतीय सामग्रीहरु प्राधिकरण कार्यालय लहानमा राखिएको छ भने पक्राउ परेका १९ जनालाई इलाका प्रहरी कार्यालय लहानको जिम्मा लगाईएको छ ।
सिरहामा विद्युत चुहावट बढ्दै गएको कारण अनुगमन जारी राखेको विद्युत प्राधिकरण शाखा लहानका निमित प्रमुख यादबले बताए । उनले भने लहान इलाकामा ४०.४४ प्रतिशत भन्दा बढी विद्युत चुहावट भईरहेकाले अनुगमनमा कडाई गरिएको जनाएको छ ।
