मेलोमतोमा तस्करी

प्रकाशित समय 8:03:00 PM
गोलबजार, १७ जेष्ठ । तराई मधेशमा लामो समयसम्म आन्दोलन चलिरहेको बेला सिरहामा तस्करीहरुको संख्यामा ह्वात्तै बढेको छ । तस्करहरुले सिमापारका बजारहरु जयनगर, लदनिया, लोकहाबाट मालासामान सिरहा लगायतका विभिन्न बजारमा पु¥याउने कार्यलाई तिव्रता पाएका छन् ।
मधेस आन्दोलनको समयमा हवातै वढेको तस्करी भन्सार कार्यालय र प्रहरीको मेलोमतोमा अहिले पनि जारी छ । माडर भन्सार कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) छ । जहाँ इन्सपेक्टरको कमाण्डमा सशस्त्र प्रहरी चोरी निकासी पैठारी नियन्त्रणका लागि उपस्थित छ । तर, यो नाका क्षेत्रबाट तस्करी रोकिएको छैन् । सँगै जनपद प्रहरी माडर, मखनाहा र नगर प्रहरी सिरहाको चेकपोष्ट रहेको छ । तर पनि सिमानाकाबाट ठूलो परिणाममा तस्करीका सामानहरु सहजै सिरहा पुग्ने गर्छन् ।
तस्करहरुले दैनिक उपभोग्य बस्तुदेखि चाँदीका तयारी गहनासम्म तस्करी गर्दै आएका छन् । लत्ताकपडा, मोटरपार्टस, खानेतेल, चिनी, बिस्कुट सामान तस्करी अहिले झन् बढेको छ । तस्करहरुलाई भन्सार तिर्न जानु पर्दैन् । उनीहरु सोझैं माडरमा भएको बस स्ट्याण्डमा आउछन र तस्करीका समानहरु बसमा लोड गरेर सिरहा लगायतका बजारसम्म पु¥याउने गर्छन ।
तस्करीका समानहरु बाटो बाटोमा बसलाई रोकेर पु¥याउदै सारस्वर, कल्याणपुर, बिष्णुपुर र मिर्चैयासम्म तस्करहरु पुग्ने गर्छन । यहाँबाट सुनचाँदीदेखि दैनिक उपभोग्य समान सबै वारपार हुने गरेको स्थानीयहरु बताउछन् । ‘सबै मिलेको छ । हामी काम गरेर खानेको नाम बाहिर आए गाँस खोसिन्छ,’ उनले नाम उल्लेख नगर्ने शर्तमा बताए । हामी तपाई दैनिक उपभोगका वस्तु खानेतेल, चिनी लगायतका खाद्यान्न वस्तुहरु लिएर आउँदा दश पटक जाँच हुन्छ । तर तस्कर बेरोको बोरा लग्छन् । केही हुँदैन ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »