अस्पतालमै बिरामी घाइते

प्रकाशित समय 9:53:00 PM
गोलबजार, २६ वैशाख । उपचारका लागि जिल्ला अस्पताल ,सिराहामा आएका बिरामी खाल्डोमा खसेर घाइते भएका छन । सिरहा नगरपालिका ९ का दिलिप यादव ३ बर्षका नाबालक छोरा सहित अस्पतालमा प्रबेश गर्ने द्वारमै रहेको खाल्डोमा खसेर मङ्गलवार घाइते भएको प्रत्यक्षदर्शी योगेन्द्र यादवले बताएका छन ।
जिल्ला अस्पतालमा गेट निर्माणका लागि खनिएको खाल्डोमा मङ्गलवार बिहानै देखि परेको पानीले भरेको र सोही बाटो भएर अस्पतालमा प्रबेश गर्ने क्रममा बिरामी छोरा रोशन सहित दिलिप खाल्डोमा खसेको यादवले बताए । खाल्डोमा खसेर सामान्य घाइते भएका बाबू छोरालाइ स्थानियले उद्धार गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »