चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्ष राजकिशोर महरा, सचिव जगत कुमार महरा, सह सचिव झरणा लामा र कोषाध्यक्ष सबिता कुमारी यादव रहेको छ भने सदस्यहरुमा अमन अधिकारी, अनिल कुमार पासमान, पारस चौधरी, पुजा कुमारी ठाकुर, अमन ठाकुर, सबिता मण्डल लगायत २१ सदस्य नयाँ कार्यसमिति रहेको महिला तथा बालबालिका कार्यालयकी प्रमुख अनिता तामाङ्गले बताइन् ।
संजालको नयाँ नेतृत्व चयनका लागि चोहर्वामा दुईदिने कार्यक्रम गरेको थियो । कार्यक्रमको समापन दिन जिल्लामा बालबालिकाको समस्या र निकासको उपाय झल्काउदै एक सार्वजनिक सुनुवाई समेत गरिएको थियो । आफुहरुले सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ नआएको गुनासो गर्दै बालबालिकाहरुले आएका जवाफ र प्रतिबद्धता भोलीका दिनमा व्यवहारमा लागु हुनमा शंका रहेको बताएका छन् ।
स्थानीय निकाय श्रोत परिचालन कार्यविधिमा उल्लेख भए अनुसार बाल अधिकार तथा विपन्न वर्गका बालबालिकाको प्रत्यक्ष फाइदा पुग्ने निर्धारित बजेट नीति व्यवहारमा लागु नभएको जिल्ला बाल भेलाका सहभागी बालबालिकाहरुले गनुसो गरेका छन् । जुन अनुसार निर्णायक तह बालबालिकाको कुरा पुग्नुपथ्र्यो त्यो नपुग्ने गरेको उनीहरुले बताएका छन् ।
बाल अधिकार सन्धी सम्झौता र राष्ट्रिय नीति तथा कार्यक्रमको निर्देशन एकातर्फ छ भने कार्यान्वन पक्ष अर्कोतिर रहेको जिल्ला बाल क्लब संजालका पूर्व अध्यक्ष दिपेन्द्र कुमार यादवले बताए । उनले विपन्न वर्गको बालबालिकाको अवस्था सुधारका लागि जिल्लामा श्रोत धेरै भएपनि त्यसलाई खोजी गर्ने र व्यवहारमा लागु गर्ने पक्ष कमजोर रहेको चिन्ता व्यक्त गरे ।
बालअधिकार र विपन्न वर्गका बालबालिकाको हकहितका लागि हुने कार्यक्रममा सहयोग गर्न आफु तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार औपचारिकमा रुपमा कार्यक्रम हुनु राम्रो पक्ष छ तर बालबालिकाको बानी विकासका लागि बीचबीचमा रचनात्मक कार्यक्रम गरिनुपर्छ ।
दलित जन कल्याण युवा क्लब लहानका नाट्य समूहले महिला हिंसा, बालविवाह, दहेजप्रथालाई न्यूनीकरणको संदेश झल्काउदै दुई सत्र नाटक प्रस्तुत गरे । वर्तमानको समाजको वास्तविकतालाई नाट्यकर्मीहरुले झल्काउन गरेको प्रयासलाई दर्शकले निकै रुचीपूर्वक अवलोकन गरेको थियो ।
