नक्कली भारुसहित भारतीय पक्राउ

प्रकाशित समय 6:19:00 PM
लहान, १ जेष्ठ ।  सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका–५ बाट प्रहरीले नक्कली भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको बिहार मधुवनी जिल्ला लदनिया थानाअन्तर्गत सिधपकला ग्राम पञ्चायत–७ का २५ वर्षीय शिवशंकर कुमार यादवलाई प्रहरीले नक्कली भारतीय एक हजार चार सय रुपैयाँसहित पक्राउ गरेको हो। शंकास्पद अवस्थामा हिँडिरेहका उनलाई रोकेर जाँच गर्दा दुई पाँचसय र चार एकसय दरका नक्कली भारु नोट भेटिएपछि पक्राउ गरी जिल्ला अदालतबाट खोटा चलन ऐन अन्तर्गतको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।  
भारतमा एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लागेपछि काम विशेषले भारत जानै पर्ने सीमावर्ती क्षेत्रका नेपाली नागरिकलाई जाली नोटको कारोबार गर्नेहरुले फसाउने गरेको सिरहाको बरियारपट्टिका रामउद्गार यादवले बताए।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »