नवजात शिशु जन्माएर भाग्ने आमा पक्राउ

प्रकाशित समय 7:30:00 PM
धरान, ३१ वैशाख । नवजात शिशु जन्माएर छाडी भाग्ने २५ बर्षीया आमालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको निर्वाण कन्ट्री क्लव तथा गल्फ कोर्ष जाने बाटोको नालीमा छोरी जन्माए पछि छाडेर भाग्दै गर्दा उनी पक्राउ परेकी हुन् ।
प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । वच्ची र आमाको अवस्था सामान्य रहेपनि  प्रतिष्ठानको प्रसुति गृहमा राखेर उपचार भइरहेको छ । उनको स्थायी घर भोजपुरको ठूलो भुल्के ६ भएपनि धरान–१९ चौकीबारीमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको श्रीमानको चारबर्ष अघि नै मृत्यु भएको हो । ती महिलाले अरु नै सँग अवैध शारिरिक सम्बन्ध राखेपछि समाजको डरले नवजात शिशुलाई जन्माएर फाल्ने प्रयास गरेको हुनसक्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले भने, ‘नवजात शिशु जन्माएर छाड्ने अभिभावकलाई मुलुकी ऐन अनुसार कारबाही हुन्छ । पहिला उनको र नवजात शिशुको उपचार गरेर नवजात शिशुको बाबु कोहो अनुसन्धान गर्ने छौं ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »