अदालतमै आत्मसमर्पण
सुडान घोटालामा सर्वोच्च अदालतद्वारा जेल सजाय तोकेका तीन पूर्व आईजी मध्ये २ जनाले सर्वोच्चमै आत्मसमर्पण गरेका छन् । पूर्व आईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले अदालतमा आत्मसमर्पण गरेका हुन् । यस्तै, एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले पनि आत्मसमर्पण गरेका छन् ।
सर्वोच्च अदालतले वैशाख १७ गते सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो । सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । एआईजी छ्याङदेनलाई ५० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकिएको छ ।
